Techie IT
बुधबार, मंसीर १७,२०७७

झुलाघाट नाका पाँच दिन खोलिने

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नमा सहजता हुने


काठमाडौं ।

नेपाल भारत सिमामा पर्ने झुलाघाट नाका मंसिर ८ गते देखि मंसिर १२ गते सम्मका लागि खुला गरिने भएको छ।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस् भनेर पाँच दिनका लागि नाका खोल्ने तयारी भएको बैतडीजिल्ला प्रशासनले जनाएको छ।

‘लामो समयदेखि पेन्सन बुझ्न नपाएकाहरूका लागि नाका खोल्ने तयारी गरेको पनि जिल्ला प्रशासनले बताएको छ। दुवै देशका स्थानीय प्रशासनको सहजीकरणमा नाका खोल्ने तयारी भएको स्रोतले जानकारी दिएको छ।

पेन्सनधारी नागरिकहरूले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न नपाएका कारण यस क्षेत्रका जनतालाई अप्ठेरो परेकोले पनि नाका खोलिएको जनाउदै यस अवधिमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले स्वास्थ्य मापदण्ड अपनाएर आवतजावत गर्न पाउने प्रशाशनले जनाएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार