Techie IT
बुधबार, मंसीर १७,२०७७

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना


भारत ।
भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । एएनआईका अनुसार मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराइने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए । मास्क अनिवार्य रुपमा लगाउन पटक–पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पु-याएको उनले बतााए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन्’, मुख्यमन्त्री केजरीवालले भने । उनले भीडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्यूनीकरण गर्न र भीडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे ।

कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समीक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाइ गर्न लागिएको जानकारी दिएका हुन् । बैठकपछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए । ‘सबै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सबै एकै ठाउँमा छौँ, त्यसका लागि म उहाँहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु’, उनले भने । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार