Techie IT
बिहीबार, असोज ८,२०७७

फेसबुकले म्युजिक कम्पनीसँग मिलेर भिडियो रिलिज गर्ने


अमेरिका, साउन १९
सामाजिक सञ्जाल कम्पनी फेसबुकले केही ठूला म्युजिक कम्पनीसँग मिलेर अमेरिकामा लाइसेन्सयुक्त म्युजिक भिडियोहरु पोष्ट गर्ने भएको छ । फेसबुकले सोनी म्युजिक ग्रुप, युनिभर्सल म्युजिक ग्रुप, वार्नर म्युजिक ग्रुप, मर्लिन, बीएमजी, कोबाल्ट र अन्य धेरै कम्पनीसँग मिलेर सहकार्य गर्नलागेको हो । फेसबुककी म्युजिक बिजनसेस डेभलपमेन्ट तथा साझेदारीकी उपप्रमुख तामारा रिभानक र कम्पनीको इन्टरटेन्मेन्टका उपप्रमुख विजय राजीले एउटा ब्लगमा उक्त जानकारी दिएका हुन् ।

यही हप्ताबाट फेसबुकमा चर्चित कलाकारहरुको म्युजिक भिडियो फेसबुकमा प्रयोगकर्ताले हेर्न पाउने बताइएको छ । फेसबुकले युट्युब, भिमियो, भेभो र एप्पल म्युजिकजस्ता स्ट्रिमिङ सर्भिसहरुसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै फेसबुकले जे. बाल्भिन, कारोल जी, सेबास्टियन यात्रा, अलेजान्द्रो फर्नान्डेज र क्यालिबर ५०जस्ताको म्युजिक भिडियो प्रिमियर गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्