Techie IT
शनिबार, मंसीर १३,२०७७

विश्वमा कोरोना भाइरस संक्रमितको दुई करोड नाघ्यो


काठमाडौं, साउन २७
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार दुई सय ११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।संक्रमितमध्ये ६४ हजार नौ सय ९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार चार सय ४४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार छ सय १७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ४७ लाख ५० हजार चार सय चार जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार सात सय २९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख २० हजार पाँच सय १५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३४ हजार आठ सय ४५ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ३६ हजार सात सय ५२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख छ हजार एक सय ४१ को मृत्यु भएको छ । एसिया ५० लाख ४२ हजार चार सय ७० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख नौ हजार छ सय ३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार तीन सय २४ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार तीन सय नौ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने तीन सय ४० जनाको मृत्यु भएको छ । (रासस/एएफपी) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्