Techie IT
मंगलबार, असोज १३,२०७७

भारतको युनियन बैंकले एकै वर्ष १४ पटक घटायो ब्याजदर


नयाँ दिल्ली, साउन २७
एक भारतीय बैंकले एकै वर्षमा १४ पटक ब्याजदर घटाएको छ । सार्वजनिक क्षेत्रको युनियन बैंक अफ इन्डियाले सोमबार मात्रै विभिन्न अवधिको कर्जामा आधारित कोषको सीमामा आधारित ब्याजदर (एमसीएलआर) शून्य दशमलव १५ प्रतिशतले घटाएको हो । नयाँ दर अगस्ट ११ देखि लागू हुने बताइएको छ । बैंकले विज्ञप्ति जारी गर्दै यस्तो ब्याजदर ७.४० प्रतिशतबाट घटाएर ७.२५ प्रतिशतमा झारेको छ । एक दिनको कर्जाको लागि एमसीएलआर ६.८० प्रतिशत हुनेछ । जबकि तीन महिना र छ महिनाको अवधिको लागि क्रमशः ६.९५ प्रतिशत र ७.१० प्रतिशत हुनेछ ।

विज्ञप्तिमा जनाइएअनुसार २०१९ जुलाई पछि लगातार ब्याजदर १४औँ पटक घटाइएको हो । सार्वजनिक क्षेत्रको एक अर्को बैंक आईओबीले पनि सबै समयको लागि एमसीएलआर शून्य दशमलव १० प्रतिशतले घटाएको छ । आईओबीले पछिल्लो साता सेयर बजारमा दिएको सूचनाअनुसार एक वर्षको लागि एमसीएलआर ७.७५ प्रतिशतबाट घटाएर ७.६५ प्रतिशतमा झारेको छ । नयाँ दर सोमबारदेखि नै कार्यान्वयनमा आइसकेको छ । त्यस्तै पुणेको बैंक अफ महाराष्ट्रले पनि अगस्ट ७ देखि एमसीएलआरमा शून्य दशमलव २० प्रतिशतले ब्याजदर कटौती गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्