Techie IT
सोमबार, वैशाख ६,२०७८

फेरि एप्पल नै बन्यो विश्वको ठूलो कम्पनी


अमेरिका, साउन १९
आईफोन निर्माता एप्पल फेरि विश्वकै अधिक मूल्यवान् कम्पनी बनेको छ । कोरोना महामारीका बाबजुद कम्पनीको सेयर मूल्य शुक्रबार सर्वाधिक प्रतिकित्ता ४२५ अमेरिकी डलर पुगेपछि उसको मार्केट क्याप नै १८ खर्ब अमेरिकी डलर पुगेको हो । यो वर्ष कम्पनीको सेयर ४४.७ प्रतिशतले वृद्धि भएको थियो ।

तर तेल उत्पादक साउदी अराम्कोको भने डिसेरम्बर अन्त्ययता ६.४ प्रतिशतले सेयर मूल्य खस्किएको छ । सोही कारण एप्पलले अराम्कोलाई उछिनेको बताइएको छ । साउदी सरकारको बहुस्वामित्व रहेको अराम्कोको मूल्यांकन १७ खर्ब अमेरिकी डलर छ । कोरोना महामारीसँगै विश्वमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएपछि अराम्कोको सेयर खस्किएको हो ।  (आर्थिक दैनिकबाट)  


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्