Techie IT
बिहीबार, माघ ८,२०७७

विश्व खेल उद्योगको वृद्धिदर यो वर्ष ३.३ प्रतिशत मात्रै हुने


संघाई ।
विश्व खेल उद्योगको वृद्धिदर यो वर्ष कोरोना महामारीका कारण सुस्त हुने भएको छ । ग्लोबल अडिटिङ एण्ड कन्सल्टिङ फर्म पीडब्लुसीका अनुसार विश्व खेल उद्योग क्षेत्रले ३.३ प्रतिशत मात्रै वृद्धिदर हासिल गर्ने भएको हो । पीडब्लुसीको स्पोर्ट्स सर्भे २०२० संघाईमा भइरहेको तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सार्वजनिक भएको हो । सोही सर्भेले उक्त अनुमान गरेको सिन्ह्वाले जनाएको छ । यस क्षेत्रले एसियामा भने ७.३ प्रतिशत वृद्धि हासिल गर्नेछ भने यो क्षेत्रले राजस्व वृद्धिमा समेत योगदान दिने बताइएको छ ।

महामारीमा अन्य मनोरञ्जनका क्षेत्र अनलाइनमा रुपान्तरण हुँदा त्यसको फाइदा खेल क्षेत्रले पाएको छ । यस क्षेत्रमा पनि मोटर स्पोर्ट्सको लोकप्रियता विश्वभर बढेको छ । फर्मुला वान र नास्कार रेसले थुप्रैको ध्यान खिचेको सर्भेमा उल्लेख छ । त्यस्तै भविष्यमा मोबाइल गेमले पनि उत्तिकै सफलता हात पार्ने अनुमान गरिएको छ । उक्त सर्भे ५० देशका ७ सय ८० जना औद्योगिक क्षेत्रका व्यवसायीको दृष्टिकोणका आधारमा गत जुनदेखि अगष्टसम्मको अवधिमा गरिएको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्