Techie IT
बिहीबार, माघ ८,२०७७

चीनको खाद्य उद्योगको नाफा बलियो


बेइजिङ ।
चीनको मुख्य खाद्य प्रशोधन कम्पनीहरुको नाफा सोचेभन्दा बलियो भएको पाइएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार यो वर्षको सुरुवाती नौ महिनामा खाद्य उद्योगको नाफा अवस्था बलियो रहेको देखिएको हो । २ करोड चिनियाँ युआन वार्षिक राजस्व संकलन गर्ने उद्योगहरुले आफ्नो मुख्य अपरेसनबाट कुल ४ खर्ब ४० अर्ब युआन नाफा संकलन गरेको सिन्ह्वाले जनाएको छ ।

यो भनेको गत वर्षभन्दा तुलनात्मक रुपमा १०.१ प्रतिशत माथि हो । त्यस्तै खाद्य उत्पादकहरुले पनि सोही अवधिमा १ खर्ब ३१ अर्ब युआन नाफा प्राप्त गरेका छन् । यो नाफा पनि वर्षगत तुलनामा ११.९ प्रतिशतले बढी हो । त्यस्तै पेय तथा चियाजन्य उत्पादकहरुको कुल नाफा पनि ४.४ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब युआन पुगेको तथ्यांकले देखाएकोछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार