Techie IT
शनिबार, मंसीर १३,२०७७

भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिइने


काठमाडौं ।

नेपाली सेनाले कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने जानकारी पनि नेपाली सेनाको जनसम्पर्क कार्यालयले जानकारी दिएको छ । ।

नेपाली सेनाका अनुसार कार्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने जानकारी पनि नेपाली सेनाले दिएको छ ।

तीन दिने नेपाल भ्रमणका क्रममा नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नका साथै कमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्नुका साथै भ्रमणको अन्तिम दिन कार्तिक २१ गते प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम रहेको सैनिक जन सम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

No description available.

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्