राष्ट्रिय ग्रिडमा समस्या आउँदा पाकिस्तानभरि विद्युत् अवरुद्ध

इस्लामावाद । पाकिस्तानभरि सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत् अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
एएफपीका अनुसार पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले देशभरि ब्रेकडाउन निम्त्याउन सक्छ । तीन घण्टा लामो विद्युत् अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्