Techie IT
१८ माघ २०७९, बुधबार

९३औँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिहे


अमेरिका । अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमिका डा. अन्का भी फौरसँग विवाह गरेका छन् । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । गत शुक्रबार उनले विवाह गरेको एजेन्सीहरुले जनाएका छन् सामाजिक सञ्जालमा धेरैले नवदम्पतीको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उनले उल्लेख गरेका छन् ।

अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चन्द्रयात्रा गरेका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चन्द्रमाको सतहमा पाइला राखेका थिए । चन्द्रमामा मानव पु-याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उनीहरूले पूरा गरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्