गुगलको मातृकम्पनीले १२ हजार रोजगारी कटौती गर्ने

अमेरिका । प्रविधि कम्पनी गुगलको मातृकम्पनी अल्फाबेटले १२ हजार रोजगारी कटौती गर्ने भएको छ । गुगल र अल्फाबिटा दुवैका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाइले आन्तरिक इमेलमा रोजगारी कटौतीको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएको बीबीसीले जनाएको छ ।
यो कटौतीले कम्पनीको विश्वव्यापी कार्यबलको छ प्रतिशतलाई असर गर्नेछ । अर्को प्रविधि कम्पनी माइक्रोसफ्टले भर्खरै १० हजार र अमेजनले १८ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको केही दिनमै गुगलले पनि सोहीखाले योजना सार्वजनिक गरेको हो । पिचाइले आफ्नो भूमिकामा रहेर कडा परिश्रम गरेका कर्मचारीहरुलाई धन्यवाद समेत दिएका छन् । उनले कर्मचारीको योगदान अमूल्य रहेको बताए । उनले यसलाई असहज भन्दै रोजगारी गुमाउने कर्मचारीलाई सहयोगको वचन समेत दिएको बताइएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्