Techie IT
शनिबार, मंसीर १३,२०७७

विश्वमा कोभिड १९ संक्रमितको संख्या चार करोड १५ लाख नाघ्यो


काठमाडौं ।
विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार करोड १५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि चार करोड १५ लाख ९३ हजार ३ सय ९७ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभर ११ लाख ३७ हजार ८ सय ७६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभर रहेका कुल संक्रमित मध्ये तीन करोड ९ लाख ६५ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित रहेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा दुई लाख २७ हजार ४ सय १९ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका संक्रमितहरु थपिने गरेका छन् ।
कोरोना भाइरस संक्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ८ हजार भन्दा बढी कोरोना भाइरस संक्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख व्यक्ति कोरोना संक्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ६३ हजार ३ सय ६ जना संक्रमित रहेका छन् ।

विश्वको तुलनामा संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ७४ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्