Techie IT
१९ असोज २०७९, बुधबार

बसमा गोली चल्दा सात घाइते


जेरुसेलम । जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको थियो । रोकिएको बसमा गोली चलाएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । प्रहरी घटनास्थलमा आइपुगेर अनुसन्धान जारी राखेको बताइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गम्भीर अवस्थामा रहेकी एक गर्भवती महिलालाई नजिकैको अस्पतालमा लगिएको थियो । उनको बच्चा जन्माउन शल्यक्रिया गरिएको समाचारमा जनाइएको छ ।सिन्हवा


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्