Techie IT
बिहीबार, मंसीर १८,२०७७

रोल्स रोयसले सेयरधनीबाट अर्बौं पाउन्ड उठाउने


लन्डन ।
सडक सवारीसाधन तथा वायुयानको इन्जिन निर्माण गर्दै आएको बेलायती बहुराष्ट्रिय कम्पनी रोल्स रोयसले आफ्ना सेयरधनीबाट अर्बौँ पाउन्ड स्टर्लिङ संकलन गर्ने भएको छ । कम्पनीले सिभिल एरोस्पेसमा कोरोनाले नराम्रो असर गरेकाले वित्तीय सबलताका लागि ठूलो परिमाणमा रकम संकलन गर्नलागेको जनाएको छ ।

कम्पनीका अनुसार सेयर सदस्यबाट दुई अर्ब पाउन्ड उठाइनेछ । यसबाहेक विभिन्न कोषहरु समेत संकलन गर्नेछ । कोरोनाका कारण विश्वमै हवाइ यात्रा ठप्पप्रायः हुँदा यो कम्पनीलाई नराम्ररी घाटा पुगेको छ । कम्पनीले युके एक्सपोर्ट फाइनान्सबाट एक अर्ब पाउन्ड थप रकम ऋणका रुपमा लिनेछ । रोल्स रोयसले यसअघि नै २ अर्ब पाउन्ड सापटी लिइसकेको छ ।

कम्पनीले सरकारी ऋण भने युके एक्सपोर्ट फाइनान्स र एचएम ट्रेजरीले प्रमाणित गरेको ‘राइट्स इस्यु’का रुपमा विस्तार गरेको हो । रोल्स रोयसमा सरकारको समेत सेयर लगानी छ जसले कम्पनीमा विदेशी नियन्त्रणलाई रोक्छ । यसअघि कुवेत र सिंगापुरका ‘सोभरेन वेल्थ फन्ड’सँग पनि व्यवसायमा लगानी गर्नेबारे छलफल कम्पनीले कुराकानी गरेको कुरा बाहिर आएको थियो ।

त्यस्तै कम्पनीले थप एक अर्ब पाउन्डको दुई वर्षे ऋणको प्रतिबद्धता समेत पाएको र बन्ड जारी गरेर अर्को एक अर्ब पाउन्ड समेत संकलन गर्ने बताएको छ । रोल्स रोयसकी प्रमुख कार्यकारी वारेन इस्टले पुँजी वृद्धि घोषणाले अहिलेको अनिश्चित वातावरणमा जुध्न सहयोग गर्ने बताइन् ।(आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्