Techie IT
बुधबार, मंसीर १७,२०७७

‘भारत–बंगलादेश द्विपक्षीय बैठक लाभदायक’


ढाका ।
बंगलादेश र भारतबीचको द्विपक्षीय वार्ता लाभदायक भएको बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले बताएका छन् । उनले हालै भारतका विदेशमन्त्रीसँग भएको द्विपक्षीय वार्ता आपसी हितमा भएको र दुवै पक्षका लागि लाभदायक भएको बताएका हुन् ।

बंगलादेश र भारतकाबीच जोइन्ट कन्सल्टेटिभ कमिटी (जेसीसी) बैठक भएको थियो । बंगलादेशका लागि भारतका उच्च कमिसनर रिभा गांगली दाशले यी दुई देशकाबीचमा कार्यरत उक्त जेसीसीको बैठक सम्पन्न भएको बताए ।

यस बैठक बंगलादेशका विदेशमन्त्री एके मोमिन र भारतका विदेशमन्त्री एस जयशंकरबीच भएको थियो । सो बैठक दुवै पक्षका लागि लाभदायक रहेको र आपसी हित र आवश्यक अन्य द्विपक्षीयका विषयमा खुलेर कुराकानी भएको उच्च कमिसनर रिभाले बताए ।

उनले दुवै देशबीचमा रहेको सीमा सम्बन्धी मुद्दाहरु आपसी हितमा शान्तिपूर्ण वार्ताका माध्यमबाट टुंग्याउने बारेमा सहमति भएको पनि जानकारी दिए । यस जेसीसी बैठक बंगलादेश र भारतका बीचमा हरेक वर्ष हुने गर्दछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार