बेपत्ता क्रिप्टोक्वीन डा. रुजा इग्नाटोभा: के उनी बिटकोइनकी ठूलो लगानीकर्ता हुन्?

काठमाडौँ । क्रिप्टोकरेन्सीको बजार सङ्कटमा देखिएको बेला बीबीसीले देखेका दस्ताबेजहरूले बिटकोइनमा एक अनपेक्षित लगानीकर्ताले ठूलो रकम गुमाइएको देखिएको छ।
बिटकोइनलाई प्रतिस्थापन गर्ने क्रिप्टोकरेन्सी ओनकोइन बनाएको दाबी गर्दै करोडौँ डलर लगानी आकर्षित गरेर सन् २०१७ मा बेपत्ता भएकी डा. रुजा इग्नाटोभाले आफै बिटकोइनमा गोप्य रूपमा ठूलो लगानी गरेको सार्वजनिक भएको छ।
ओनकोइनका कारण अमेरिकामा धोखाकडी र सम्पत्ति शुद्धीकरणको मुद्दा परेकी डा. इग्नाटोभा एफबीआईको १० बेपत्ता खोजीको सूचीमा छिन्।
डा. इग्नाटोभालाई “इतिहासकै सबैभन्दा सफल अपराधी” नाम दिएका एक वकिलले सन् २०२१ मा सामाजिक सञ्जालमा राखेका दुबईको अदालतका दस्ताबेजले पहिलो पटक उनको बिटकोइनमा लगानी भएको खुलासा गरेको थियो।
दुबई फाइल्स
बीबीसीले सामाजिक सञ्जालमा दुबई फाइल्स भनेर राखिएका केही दस्ताबेजलाई स्वतन्त्र रूपमा पुष्टि गरेको छ। तर सबै दस्ताबेज भने पुष्टि हुन सकेका छैनन्।
ती दस्ताबेजले कम्तीमा डा. इग्नाटोभाका लागि दुबई महत्त्वपूर्ण कारोबार मार्ग गरेको पुष्टि गर्छन्। एफबीईले यूएईसहित कम्तीमा पाँच देशमा उनको सम्बन्ध रहेको बताएको थियो।
“यसमा करोडौँ डलरको कुरा छ,” ती दस्ताबेज सार्वजनिक गर्ने डा. जोनाथन लेभीले भने। उनले ती दस्ताबेजको आधारमा ओनकोइन पीडितका लागि क्षतिपूर्ति दिलाउन मुद्दा दर्ता गरेका छन्।
सो मुद्दा ब्रिटिश इन्डिअन ओसिअन टेरिटरीमा दर्ता भएको छ किनभने ओनकोइनको वेबसाइट सोही स्थानमा रहेको थियो।
डा. लेभीले अरबी भाषामा रहेका हजारौँ दस्ताबेजहरू एक गोप्य सूचनादातामार्फत प्राप्त गरेको बताएका छन्। उनको विचारमा ती सूचनादाताले दुबईका केहीले अनुचित तरिकाले यसबाट फाइदा लिएको कुरा मन पराएका छैनन्।

तस्बिर स्रोत,FBI
‘बिटकोइन किनबेच’
डा. लेभीको मुद्दामा गरिएको सबैभन्दा गम्भीर दाबी शाही परिवारका धनाढ्य व्यापारीका छोरा शेख साउद बीन फैसल अल कसीमीले बिटकोइनको विशाल व्यापार गरेको भन्ने हो।
दस्ताबेजले सन् २०१५ मा शेख साउदले डा. इग्नाटोभालाई २३०,००० बिटकोइन भएको एउटा पेन ड्राइभ दिएको लेखिएको छ। त्यति बेला ती बिटकोइनको बजार मूल्य चार करोड ८५ लाख अमेरिकी डलर थियो।
त्यसको बदलामा डा. इग्नाटोभाले झन्डै पाँच करोड डलर बराबरको मासरेक ब्याङ्कको तीन चेक शेख साउदलाई दिएको देखिन्छ।
तर मासरेक ब्याङ्कले कालो धन भएको शङ्कामा डा. इग्नाटोभाको खाता रोक्का गरिसकेकोले ती चेक साटिन नसकेको देखिन्छ।

तस्बिर स्रोत,ONECOIN/YOUTUBE
अमेरिकाले ओनकोइनलाई ठगीको क्रिप्टोकरेन्सी भन्दै डा. इग्नाटोभामाथि एक वर्षअगाडि नै आरोप लगाएको भए पनि सन् २०२० मा दुबईको नियामक निकायले त्यो खाता खोलिदिएको थियो।
त्यो निर्णयको केही महिनाअगाडि न्यूयोर्कमा डा. इग्नाटोभाका पूर्व कोष व्यवस्थापक मार्क स्कटले ओनकोइनको ४० करोड डलर हिनामिना गरेको मुद्दामा दोषी ठहर गरेको थियो।
बीबीसीले यसबारे प्रतिक्रिया माग गर्दा दुबईको सम्बन्धित निकायले जबाफ दिएन।
दुबई अदालतको दस्ताबेजले सन् २०२२ एप्रिल २२ मा शेख साउदले ती खाताका पैसा आफ्नो नाममा ल्याउन प्रयास गरेको देखिन्छ जसले यी दुईबीच कुनै प्रकार सम्झौता भएको सङ्केत गर्छ।
डा. रुजा इग्नाटोभा र शेख साउद
सामान्यतया कार्यक्रममा नदेखिने शेख साउदका बारेमा कमै विवरण सार्वजनिक भएका छन्।

तस्बिर स्रोत,WFDP/YOUTUBE
आईक्याफे नामक एक संस्थाको सन् २०१७ को एउटा भिडिओमा उनी देखिएका छन्। सो संस्थाले शिक्षा क्षेत्रमा काम गर्छ तर दुबई फाइल्स सार्वजनिक भएपछि संस्थाको वेबसाइटमा महासचिव भनी रहेको शेख साउदको नाम हटाइएको छ।
हालै सार्वजनिक भएको एक विवरणमा क्रिप्टोकरेन्सीको अध्यक्षको रूपमा उनको नाम छ।
दस्ताबेजले यी दुईबीच भेट भएको सङ्केत गर्छ।
सन् २०१५ सेप्टेम्बर ३ मा दुबईको मासरेक ब्याङ्कले डा. इग्नाटोभालाई उनको खाता बन्द गर्न लागेको जानकारी दिएर इमेल लेखेको थियो।
अमेरिकी अदालतमा प्रमाणको रूपमा रहेको एउटा इमेलमा त्यसको ११ दिनपछि डा. इग्नाटोभाले ओनकोइनको कर्मचारीलाई आफूले केही सातामा दुबईको शेखलाई भेट्न लागेको र त्यो भेटमा केही गर्न प्रयास गर्ने बताएकी छन्।
उनको भनेको शेख को हो र उनले भेटिन् कि भेटिनन् भन्ने स्पष्ट छैन तर अक्टोबर ८ मा खिचिएको भनेर दुबई फाइल्समा रहेको एउटा तस्बिरमा शेख साउदका पिता शेख फैजलसँग डा. इग्नाटोभा उभिएको तस्बिर छ।

तस्बिर स्रोत,UNKNOWN
अल कसीमी परिवार दुबईसँगै रहेको शारजाँहमा शासन गर्छ। बीबीसीले डा. इग्नाटोभासँगको सम्बन्धको बारेमा सोधेको प्रश्नमा शेख फैजलले जबाफ दिएनन्।
दस्ताबेजमा आईफ्याफेको विशेष सल्लाहकारको रूपमा डा. इग्नाटोभाको परिचयपत्र पनि छ। त्यो परिचयपत्रमा सो संस्था संयुक्त राष्ट्रसङ्घसँग जोडिएको जस्तो देखिन्छ तर राष्ट्रसङ्घमा एक प्रवक्ताले यसबारे कुनै जानकारी नभएको बताए।
आईफ्याफेका सह-संस्थापक शारियार रहिमथले आफ्नो संस्था राष्ट्रसङ्घमा दर्ता रहेको दाबी गरे पनि प्रमाण दिन सकेनन्। डा. इग्नाटोभाको सम्बन्धमा सबै दस्ताबेज शेख साउदले दिएको उनले बताए।
तर बिटकोइनको व्यापारपछि दुई जनाको सम्बन्ध बिग्रिएको देखिन्छ किनभने दस्ताबेजको एक पत्रमा शेख साउदले डा. इग्नाटोभालाई आईफ्याफेको सल्लाहकारबाट बर्खास्त गरेको देखिन्छ।

तस्बिर स्रोत,UNKNOWN
यी दुईको मुद्दा दुबईको अदालतमा जुन २८ मा सकिएको छ।
यी सबैबारे प्रश्न सोध्दा शेख साउदका वकिलले प्रत्यक्ष जबाफ नदिएर लेखे: “ती सबै जानकारी आधारहीन हुन्।”
दाबी गरेको बिटकोइनको व्यापार कोल्ड-स्टोरेज वालेट भनिने तरिकाबाट गरिएको छ जसको प्रमाण जुटाउन लगभग असम्भव हुन्छ।
बिटकोइनमा व्यापारका धेरै विवरण अनलाइनको तथ्याङ्कमा अङ्कित हुने हुँदा हेर्न सकिन्छ तर अदालतका दस्ताबेजमा कसको खातामा त्यो पैसा गयो भन्ने प्रमाण संलग्न छैन।
पेनड्राइभमा प्राप्त बिटकोइन अझै डा. इग्नाटोभासँग भएको भए अहिलेको अवस्थामा त्यसको खाता परिवर्तन गर्नु सहज छैन।
क्रिप्टोकरेन्सीका बारेमा लेख्ने डेभिड ब्रिचको विचार बिटकोइन अज्ञात मुद्रा होइन किनभने अहिले ती मुद्रा कहाँबाट कता गइरहेका छन् पत्ता लगाउन सकिन्छ।
डा. इग्नाटोभासँग २३०,००० बिटकोइन रहेको भने उनी बिटकोइन धेरै हुनमध्ये एक हुन्। त्यति बिटकोइनको सन् २०२१ नोभेम्बरमा बजार मूल्य १५ अर्ब अमेरिकी डलर पुगेको थियो भने अहिले त्यो दुईतिहाईले कम भएको छ तर पाँच अर्ब अमेरिकी डलर पनि उनलाई लुकिरहन यथेष्ट हुन्छ। (बीबीसी)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको कमेन्ट लेख्नुहोस्