Techie IT
४ माघ २०७८, मंगलबार

१४८ वर्षपछिको नेपाल-चीन व्यापारिक वार्ता कस्तो रहला त ?


काठमाडौं ।

नेपाल-चीन औपचारिक व्यापारिक सम्बन्ध सुरुआतको १४८ वर्षपछि आज पहिलो सह(सचिवस्तरीय व्यापार वार्ता हुँदैछ । विश्वको पहिलो अर्थतन्त्रको दाबीसहित संसारभर व्यापार साम्राज्य फैलाइरहेको चीन नेपालसँगको उच्चस्तरीय वार्तामा बस्न लागेको छ ।

असोज १३ गते मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीनले नेपालसँगको व्यापारिक सुधार पहिलो प्राथमिकतामा राखेको छ । यस्तै गरेर विभिन्न कारणले अवरोध हुने दुई देशबीचको अवरोध चिर्न चिनियाँ पक्षले पहल गर्ने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि बढाउने विषयमा चिनियाँ अधिकारीहरुले नेपालसँग छलफल गर्न पनि चाहेको परराष्ट्रस्रोतले जनाएको छ । कमजोर नेपाली बोर्डर पोइन्टहरुको स्तरोन्नतीको विषय पनि बैठकको एजेण्डाको रुपमा चीनले प्रस्तुत गरेको छ । यस्तै चाइना इन्टरनेश्नल आयात एक्स्पोमा नेपालको सहभागीताका विषमा पनि चीनले नेपालसँग छलफल गर्ने जनाएको छ ।

नेपाल वार्तामा कसरी उपस्थित हुन्छ त ?

लामो समयको अन्तरालपछि हुन लागेको वार्तामा नेपालले भने आफ्ना एक दर्जन जति एजेण्डा तयार पारेको छ । दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, नाकाको पूर्वाधार तथा सहजीकरण, व्यापार तथा पारवहन सन्धि कार्यान्वनयको अवस्था र व्यापार वृद्धि नेपालको प्रमुख मुद्दा भएको वाणिज्य मन्त्रालयस्रोतबाट खुल्न आएको छ।

‘नेपाल–चाइना व्यापार अवस्था, व्यापारका अवरोध र सुविधा, विगतमा भएका सहमतिको कार्यान्वयन तथा आपसी सहयोग लगायतका विषय ऐजेण्डाहरु समेटिएको जनाएको छ ।दुई देशबीचको ब्यापार बढाउन सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, थप व्यपारीक नाका सञ्चालनको सम्भाव्यता तथा नेपाली वस्तु निर्यातको सहजीकरण लगायतका विषय पनि बैठकका प्रमुख विषय भएको वाणिजय मन्त्रालयले जनाएको छ ।

नेपालको तर्फबाट परराष्ट्र, अर्थ, गृह, भौतिक, कृषि विकास मन्त्रालय तथा भन्सार र खाद्य विभागका अधिकारीहरु भर्चुअल वार्तामा सहभागी हुनेछन् । चिनियाँ वाणिज्य व्यापार मन्त्रालयको सहसचिवस्तरीय वार्ता पहिलो हो । यस अघि स्वशासित क्षेत्र तिब्बत वाणिज्य अधिकारीसँग मात्रै नेपालको व्यापार वार्ता हुने गरेको थियो । धेरै समयपछि अथवा नेपाल चिनबिच व्यापारिक संबन्ध कायम भएको १४८ वर्ष पछि पहिलो दुई देशको व्यापारिक वार्ताको परिणाम के आउला त ? नेपालले नेपाल-चीन सिमा समस्याका वारेमा अहिले उठेका आवाजलाई समेट्छ की समेट्दैन ? यसको परिणम भने आज सम्पन्न वार्ताबाट नै दिनेछ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्