Techie IT
४ जेठ २०७९, बुधबार

भारतको एक घरमा भएको आगलागीमा परी २० जनाको ज्यान गयो


नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।

भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेशनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको थियो । त्यस आगलागीमा परी अरु कम्तीमा पनि ४० जना जलेर घाइते भएका छन् । ती घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । भर्ना भएकाहरुको अवस्था कतिपयको गम्भीर रहेकाले यस दुर्घटनामा परेर ज्यान जानेको संख्या बढ्न सक्ने पनि अधिकारीहरुले जनाएका छन् ।सो भवन ठूलो थियो र यहाँ कैयौँ कम्पनीका कार्यालयहरु पनि रहेका छन् । यो भवनको दोस्रो र तेस्रो तल्लाबाट मात्र २० ओटा शव फेला पारिएको छ भने अरुतिर खोजी कार्य हुदैछ ।

यहाँ कम्तीमा पनि २४ ओटा अग्निनियन्त्रक परिचालन गरिएको छ । ठूलो भवन र धेरै नागरिकहरु त्यहाँ रहेकाले यस आगलागीबाट ठूलो क्षति पुग्नसक्ने बताइएको छ ।यो आगलागीको कारण भने पत्ता लागेको छैन । विद्युत सर्ट भएकाले आगो लागेको हुनसक्ने प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । तर यसको कारणका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।भारतका राष्ट्रपति रामनाथ कोभिन्दले सो आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सिन्ह्ववा


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्