Techie IT
बिहीबार, कात्तिक १३,२०७७

कोरोना कहर : बेलायतीहरुलाई सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह


लन्डन ।
बेलायतीहरुलाई घरबाटै सम्भव भएसम्म काम गर्न आग्रह गरिएको छ । बीबीसीका अनुसार क्याबिनेट अफिस मिनिस्टरले कोरोनाको अर्को लहर फैलिनसक्ने भन्दै घरबाटै मानिसहरुलाई काम गर्न आग्रह गरेको बताएका हुन् ।

यसका साथै बिहीबारदेखि अहिले खुलेका पब, रेस्टुराँ र अन्य हस्पिटालिटीसम्बन्धी कुराहरु राति १० बजेपछि अनिवार्य बन्द गर्नुपर्ने भएको छ । सामान्य क्रियाकलाप नियन्त्रणबारे पछि प्रधानमन्त्री बोरिस जोन्सनले संसद्मा जानकारी दिने बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सनले स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डका फर्स्ट मिनिस्टरहरुलाई समेत यसबारे भेटेर छलफल गरिसकेका छन् ।

उक्त भेन्युहरुमा पनि टेबल सर्भिसलाई मात्रै मान्यता दिने गरी कडाइ गरिने जनाइएको छ । जुलाईमा जोन्सनले मानिसहरुलाई अफिस गएर काम गर्ने तयारीमा लाग्न आग्रह गरेका थिए । क्याबिनेट अफिस मिनिस्टर माइकेल गोवले कार्यक्षेत्रमा सुरक्षित हुनसक्ने भए काम गर्दा हुने भए पनि अन्यथा अवस्थामा घरबाटै सम्भव भएसम्म काम गर्न आग्रह गरे । कोरोना महामारी नसकिएकाले मानिसहरुलाई यस्तो आग्रह गरिएको हो ।

स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डले पनि मानिसहरुलाई यस्तै आग्रह गरिसकेको छ । अब केही कडाइ गरिनलागे पनि पहिलेजस्तो अत्यन्त कडाइ भने नहुने बताइएको छ । प्रतिपक्षी नेताहरुले भने फेरि बेलायत लकडाउनमा जान लागेको भन्दै यसलाई सरकारी असफलतासँग दाँजेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्