Techie IT
८ असार २०७८, मंगलबार

भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै


नयाँ दिल्ली ।
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामीहरु संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मंगलबार जानकारी दिएको छ । मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारिक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।’ भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये दश लाख तीन हजार दुई सय ९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार तीन सय ९९ जना संक्रमणमुक्त भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्