Techie IT
बिहीबार, कात्तिक १३,२०७७

दुई ढुङ्गाको तरुल: तल्लो ढुङ्गाले नी मिचेकै माथिल्लो ढुङ्गाले नी थिचेकै


काठमाडौं ।

नेपाल एउटा दुई ढुङ्गाको तरुल जस्तै अवस्थामा रहेको छ । नेपालको तल माथि ठूला ठूला विकासे चट्टान जस्तै देशहरु रहेका छन् । त्यसैले त होला नेपाल सधै यिनकाबिच निरिह बनेर खुम्चिएर बस्नु पर्ने बाध्यता ।

कहिले कालापानी मिचियो भन्छौं चिच्याउँछौं ,कहिले सुस्ता मिचियो भन्छौं चिच्याउछौं तर एकै छिन् चिच्याउँछौं यी ठूला चट्टानरुपी देशहरुले हाम्रो आवाज एउटा कानले पनि सन्दैनन् । सुनेपनि टेर्दैनन् अनि हामी भुइँमा थेच्चिन्छौं ।

हाम्रा दुई छिमेकी राष्ट्र मध्ये भारतसँग हामी पैंठेजोरी खेल्न खोज्यौं । एकै छिन देशका प्रमुखहरु पनि कुर्लिए । चिच्याए । नक्सा बनाएर देखाए पनि तर जमिन त उनै ठूला चट्टानकै अधिनमा छ त । खोइ त त्यो जमिन हामीले लिन सकेको ?

दिनभरि आफ्ना पार्टीका कार्यकर्ताहरुलाई एकैछिन् सडकमा चिच्याउन पठायो साँझ परेपछि तिनैका एम्बेसीमा नाइट पार्टीमा रमाउने परिपाटी पनि हामीमा छदै छ क्यारे । अनि कसरी आफ्नो स्वाभिमानको जर्गेना हुन्छ त ?

अहिले फेरिमाथीतिर सिमाना मिचेर हुम्लाको नाम्खा गाउँपालिका ६ ,लिमीको लाप्चावगरमा चिनले भवन बनाएको खवर सार्वजनिक भएपछि सर्वत्र विरोध हुन थालेपछि नेपाली सेना र हुम्लाका प्रमुख् जिल्ला अधिकारी त्यस ठाउँको अवलोकन गरेर फर्कीएका छन् । चिनिया पक्षले आफ्नै सिमानाभित्र भवन बनाएको भनेर माइकिङ गर्दै बताएपछि नेपाली टोली निरिह बनेर फर्कीएका छन् ।

संविधान दिवसको उपलक्ष्यमा चिनका राजदुतले आफूहरुले छिमेकी देश नेपालको सिमाना नमिचेको र यदी त्यस्तो भएमा आपसी वार्ताबाट समाधान गर्ने पक्षमा देखिएका छन् । तर यस कार्यको विरोध गर्दै असोज ७ गते चाइनिज एम्बेसी घेर्न गएका युवाहरुलाई प्रहरीले तितरवितर पारेर पठाएको छ ।यस मामलामा सरकार किन मौन रहेको छ ? अव यसको अधययन र अनुगमन गरी सत्यतथय बाहिर ल्याउनु पर्ने सिमानापिडित जनताहरुले माग गरेका छन् । हाम्रा यी दुई छिमेकी देशहरुसँग भएका मनमुटावहरुलाई आपसी वार्ताको माध्यमबाट समाधान गरेर सम्बन्ध सुमधुर राख्नु नै सर्वोत्तम अचुक सम्बन्धको औषधी हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्