Techie IT
९ असार २०७८, बुधबार

राष्ट्रसङ्घीय जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत


काठमाडौं ।

सञ्चारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणा राष्ट्रसंघ जनसंख्याकोषको  उच्चस्तरीय आयोगको सदसयमा मनोनीत भएकी छिन् ।जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलनको २५ वर्ष पुगेको अवसरमा गत वर्ष नैराबी सम्मेलनमा तय भएका एजेण्डा पूरा गर्नका लागि गठित उच्चस्तरीय आयोगको सदस्यका रुपमा राणा मनोनीत भएकी हुन् ।

आयोगको अध्यक्षता तान्जानियाका पूर्वराष्ट्रपति जाकाया किक्वेले र क्यानडाका २७ औं गभर्नर मिशेल जीनले गर्नेछन् । आयोगमा २८ सदस्य रहेका छन् ।कोरोना महामारीका समयमा महिलाहरुमा परिवार नियोजन, गर्भवती स्याहार  सेवाबाट वञ्चित हनु परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै निर्देश गर्नका लागि आयोग गठन गरिएको जनाइएको छ ।

नेपालबाट छनौटमा परेकी राणा राष्ट्रसंघीय महिला विरुद्धको विभेद निरुपण समितिको उपाध्यक्षसमेत रहेकी छिन् भने उनी राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्षसमेत हुन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्