Techie IT
१७ असार २०७९, शुक्रबार

अर्काे वर्ष मात्र कोरोनाविरुद्धको खोप आउँछ


नयाँ दिल्ली ।
भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको सुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् । उनले बिहीबार भनेका छन्, ‘आगामी वर्ष सन् २०२१ को सुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।’

यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गरेको र यस कार्यका लागि उनले निकै शुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिएका छन् । बिहीबार उनले अर्काे वर्षको सुरुवातदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन् ।

उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको शुरु तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने जानकारी दिए । उनले सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा विश्वका नागरिकले दिएको भए पनि तर त्यो सम्भव हुन नसकेको पनि उनले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्