Techie IT
२ भदौ २०७९, बिहीबार

‘कोभिड १९’बाट विश्वमा नौ लाख ४५ हजार बढीको मृत्यु


काठमाडौं ।
विश्वभर कोरोना भाइरस संक्रमणबाट नौ लाख ४५ हजार आठ सय ६८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा तीन करोड ७७ हजार नौ सय छ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड १८ लाख २९ हजार २९ व्यक्ति कोरोनामुक्त भएका छन् ।

हाल विश्वमा ७३ लाख तीन हजार नौ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६१ हजार दुई सय ८२ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६८ लाख २९ हजार छ सय ६४ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ४१ लाख २० हजार एक सय ३३ जना कोरोना भाइरसमुक्त भएका छन् भने दुई लाख एक हजार चार सय तीन व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भारतमा ५१ लाख २२ हजार आठ सय ४६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ४० लाख २५ हजार ७९ कोरोना भाइरसमुक्त भएका छन् भने ८३ हजार दुई सय ५७ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४४ लाख २१ हजार छ सय ८६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३७ लाख २० हजार तीन सय १२ कोरोना भाइरसमुक्त भएका छन् भने १ लाख ३४ हजार एक सय ७४ जनाको मृत्यु भएको छ । रुस १० लाख ८५ हजार दुई सय ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख ९५ हजार आठ सय ६८ कोरोना भाइरसमुक्त भएका छन् भने १९ हजार ६१ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख ४४ हजार चार सय जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ ५ लाख ८७ हजार सात सय १७ जना कोरोना भाइरसमुक्त भएका छन् भने ३१ हजार ५१ जनाको मृत्यु भएको छ । कोलम्बिया ७ लाख ३६ हजार तीन सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ छ लाख १० हजार ७८ कोरोना भाइरसमुक्त भएका छन् भने २३ हजार चार सय ७८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा छ लाख ८० हजार नौ सय ३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ८५ हजार २४ कोरोना भाइरसमुक्त भएका छन् भने ७१ हजार नौ सय ७८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख ५३ हजार चार सय ४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ८४ हजार एक सय ९५ कोरोना भाइरसमुक्त भएका छन् भने १५ हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।

स्पेनमा छ लाख १४ हजार तीन सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३० हजार दुई सय ४३ जनाको मृत्यु भएको छ । अर्जेन्टिना पाँच लाख ८९ हजार १२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४८ हजार दुई सय ६३ कोरोना भाइरसमुक्त भएका छन् भने १२ हजार एक सय १६ जनाको मृत्यु भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्