Techie IT
१० असार २०७८, बिहीबार

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना


नयाँ दिल्ली ।
भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस संक्रमण भएको छ । उनले आफू कोरोनाभाइरसबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिए । उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् । ‘मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट संक्रमित भएको नतिजा आयो’, उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । उनले थप लेखेका छन्, ‘भगवानको कृपा र तपाईहरु सबैको शुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।’ (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्