Techie IT
१९ असार २०७९, आईतबार

‘चिनियाँ वस्तुमाथि लगाइएको अमेरिकी कर अन्तर्राष्ट्रिय कानुनविपरीत’


अमेरिका, असोज १
विश्व व्यापार संगठनले अमेरिकाले सन् २०१८ मा चिनियाँ वस्तुमाथि लगाएको कर अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाएको छ। उक्त भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय व्यापार नियमअनुसार नरहेको डब्लुटीओले ठहर गरेको हो ।

साथै उसले अमेरिकाले प्रविधि चोरीलगायत चीनमाथि लगाएको आरोपमा कुनै प्रमाण पनि दिन नसकेको बताएको छ । चिनियाँ अधिकारीहरुले विश्व व्यापार संगठनको यस्तो निर्णयको स्वागत गरेका छन् । तर अमेरिकाले भने डब्लुटीओले चीनमाथि नरम भएको भन्दै पछिल्लो निर्णयमा आपत्ति जनाएको छ ।

अमेरिकाका वरिष्ठ व्यापार सहजीकर्ता तथा डब्लुटीओका लागि दूत रोबर्ट लाइथाइजरले गलत व्यापार अभ्यास रोक्न अमेरिकालाई दिनुपर्ने बताए । उनले आफूहरुले यसका प्रमाण दिए पनि डब्लुटीओले चीनलाई छुट दिएको बताए ।

सन् २०१८ मा ट्रम्प प्रशासनले तीन खर्ब डलरभन्दा बढीका चिनियाँ वस्तु आयातमा कर बढाएको थियो। सोसँगै चीनले विश्व व्यापार संगठनमा उजुरी गरेको थियो । अमेरिकाले आफ्नो प्रविधि चीनले चोरेको, कम्पनीहरुलाई व्यापार नीतिविपरीत सब्सिडी (अनुदान सहुलियत) दिएको र गलत व्यापार अभ्यास गरेको आरोप लगाउँदै आएको छ। चीनले भने अमेरिकी निर्णयको विरोध गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्