Techie IT
८ असार २०७८, मंगलबार

भारतमा संक्रमितको संख्या ४९ लाख बढी, ७८ प्रतिशत निको भए


नयाँ दिल्ली, असोज १
भारतमा कोरानोभाइरसबाट संक्रमितहरुको संख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार आठ सय नौ जना थप संक्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना संक्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर अहिलेसम्म कुल संक्रमितको संख्या ४९ लाख ३० हजार दुई सय ३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको संख्या ८० हजार सात सय ७६ पुगेको छ ।

भारतमा कुल संक्रमितमध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार चार सय जना संक्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार संक्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ ।

यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार अहिलेपनि संक्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत संक्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक संक्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो । कोरोनाभाइसबाट संक्रमित भएकामध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार दुई सय ९२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको कमेन्ट लेख्नुहोस्