Techie IT
४ जेठ २०७८, मंगलबार

प्रतिनिधिसभा विघटन गर्ने  सरकारको कमद विरुद्ध अहिंसात्मक नागरिक आन्दोलन


काठमाडौँ ।
प्रतिनिधिसभा विघटन गर्ने  सरकारको कमद विरुद्ध बृहत् नागरिक आन्दोलन समूहले शनिबार अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् ।

शनिबार दिउँसो माइतीघरमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा। गोविन्द केसी, पत्रकार नारायण वाग्लेसहितका अगुवाहरुले प्रतिनिधिसभा भंग गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’, ‘सर्वसत्तावाद(मूर्दावाद’, ‘संवैधानिक निकायको कब्जा बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विरोधमा दिनहुँ प्रदर्शनहरु भइरहेका छन्।


क्याटेगोरी : फिचर



तपाईको कमेन्ट लेख्नुहोस्