Techie IT
१२ असार २०७९, आईतबार

बजार परिसुचक १५ सय २० अंकमा

१२ अंकले उकालो लाग्दा दुई अर्ब १७ करोडको सेयर खरिद बिक्री


काठमाडौ, । 
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक १२ दसमलव ४९ अंकले उकालो लागेर १५ सय २० दसमलव ६९ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ७१ अंकले उकालो लागेर तीन सय एक दसलव ३८ अंकमा चढेको छ ।

आज कुुल एक सय ८९ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार २९ हजार चार सय ३५ वटा कारोवारमा ४२ लाख ६२ हजार छ सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब १७ करोड ६८ हजार दुुई सय ८३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । सो मध्ये टे«डिङ, होटल र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन भने बाँणिज्य बैक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका नौ वटा कम्पनीहरुको सुचक बढेको छ । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएको भन्दा आज साँझ पाँच बजेसम्म खुल्ला रहेको थियो ।


क्याटेगोरी : अर्थ / वाणिज्य


तपाईको कमेन्ट लेख्नुहोस्