Techie IT
बिहीबार, असोज १५,२०७७

महासंघको निर्वाचन मिति तोक्न ६ सदस्यीय सुझाव कार्यदल गठन


काठमाडौं,साउन २२

नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सुझाव दिन महासंघको बुधबार बसेको बैठकले छ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा चन्द्र ढकाल पक्षबाट डीबी बस्नेत, विनोद ढकाल, भरत आचार्य र किशोर प्रधान पक्षबाट अरुण सुमार्गी, सुनिलगोपाल श्रेष्ठ र रञ्जित आचार्य रहेका छन् । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको छ ।

(आर्थिक दैनिक बाट)


क्याटेगोरी : अर्थ / वाणिज्य


तपाईको कमेन्ट लेख्नुहोस्