Techie IT
शनिबार, मंसीर १३,२०७७

बजार परिसुचक चार अंकले ओरालो लाग्यो

एक सय ८८ कम्पनीहरुको एक अर्ब ९८ करोडको सेयर किनबेच


काठमाडौ, भदौ ११
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक चार अंकले ओरालो लागेर १४ सय ५८ दसमलव चार अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ६४ अंकले ओरालो लागेर दुुई सय ९७ दसमलव १० अंकमा झरेको छ ।

आज कुुल एक सय ८८ कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसअनुुसार २८ हजार तीन सय ८५ वटा कारोवारमा ४९ लाख ६७ हजार चार सय तीन कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन ।

जसमध्ये निर्जिवन बीमा, जीवन बीमा र उत्पादनमुलक समुहको सुचक बढेकाछन भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स सहितका नौ वटा समुहको सुचक भने घटेकाछन ।


क्याटेगोरी : अर्थ / वाणिज्य


तपाईको कमेन्ट लेख्नुहोस्