Techie IT
शनिबार, मंसीर १३,२०७७

बजार परिसुचक १४ सय आठ अंकमा


काठमाडौं, २९ साउन ।

सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि ओरालो लागेको छ । आज बजार परिसुचक १६ दसमलव ५३ अंकले ओरालो लागेर १४ सय आठ दसमलव ७९ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ४५ अंकले ओरालो लागेर दुुई सय ९३ दसमलव ८४ अंकमा झरेको छ ।

आज एक सय ९१ कम्पनीहरुको २१ हजार सात सय १४ वटा कारोवार भएकाछन । सोही आधारमा ३४ लाख नौ हजार चार सय ६१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब सात करोड ४३ लाख सात हजार चार सय ५८ रुपैैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार टे«डिङ समुहको सुचक सामान्य अंकले बढेपनि बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल सहितका ११ वटा समुहको सुचक ओरालो लागेकाछन । आज दिव्येश्वरी हाईड्रो पावर कम्पनी, स्वदेशी लघुुबित्त बित्तीय संस्था आदिले कमाएकाछन भने भने नेपाल फाईनान्स, अजोड इन्स्योरेन्स कम्पनी आदिले गुमाएकाछन ।


क्याटेगोरी : अर्थ / वाणिज्य


तपाईको कमेन्ट लेख्नुहोस्