Techie IT
९ माघ २०७८, आईतबार

कोभिड–१९ महामारीको तेस्रो लहर : के अझ प्रलयकारी होला ?


काठमाडौं । देशमा संक्रामक महामारी कोभिड–१९ को दोस्रो लहरको प्रकोपले गर्दा त्राहीत्राही मच्चिएको छ । कोरोना महामारीले दिनकै हजारौँ मानिसलाई आफ्नो चङ्गुलमा लिँदै छ अनि सयौँ मानिसहरूको जिन्दगी निली रहेको छ । लगातार द्रुतगतिले बढ्दो कोरोनाका बिरामीहरूको ख्याले देशको सार्वजनिक स्वास्थ्य सेवा प्रणाली नै धर्मराएको स्थितिमा पु-याएको छ । अस्पतालहरूमा बेड, भेन्टिलेटर, जीवन रक्षक औषधिहरू एवं अक्सिजनको ठूलो अभाव खड्किएको देख्न, सुन्न पाइन्छ । जसले संक्रमित व्यक्ति एवं समुदायलाई नै एउटा मनोवैज्ञानिक त्रास एवं दबाब पु-याएको छ । जसले गर्दा पनि कोभिड–१९ का बिरामीहरू मृत्यु हुने प्रमुख कारण मान्दा हुने भएको छ ।

यसैबीच वैश्विक स्तरमा अनुभवका आधारमा जनस्वास्थ्यविज्ञहरूले भारत एवं नेपालमा कोभिड–१९ को महामारीको तेस्रो लहर आउन सक्ने आकलन गरी चेतावनी पनि दिन थालेका छन् । तेस्रो लहरको सम्भावित आशंकालाई मध्यनजर गर्दे संक्रमणको कहरबाट मानिसहरूको ज्यान बचाउनका लागि सरकारी एवं निजी सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा तयारी पनि गराउँदै छ । प्रथम, दोस्रो लहरको त्रासदीपूर्ण अनुभवबाट पाठ सिक्दै । महामारीको लहर भनेको के हो ? यसको कुनै किताबी परिभाषा त छैन विश्लेषकहरू लामो समयसम्म संक्रमणको बढ्ने एवं घट्ने मामलाहरू वर्णन गर्नका लागि यस शब्दलाई सामान्यतः प्रयोग गर्दछन् । ग्रोथ कर्व अर्थात् विकास चक्र एउटा लहरको आकारजस्तो देखिन्छ । ऐतिहासिकरूपमा लहर शब्दको प्रयोग रोगको मौसमी सन्दर्भलाई इंगित गर्ने गरिन्छ ।

प्रकृतिमा कतिपय भाइरल संक्रमण मौसमी हुन्छन् र तिनीहरू निश्चित समय अन्तरालपछि पुनरावृत्ति हुन्छन् । संक्रमण बढ्छ अनि फेरि तल ओर्लन्छ मात्र । केही समयपछि फेरि बढ्न थाल्दछ । यस्तै उचारचढावलाई लहर भनिन्छ । भारत एवं नेपालमा अहिलेसम्म दुई ठूला लहरहरू देखिएका छन् भने संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमणको सुरुका तीन लहरहरूले धेरै नै उत्पात मच्चाएको थियो तर त्यही चौथो लहरपछि संक्रमणमा तेजीले गिरावट आएको छ एवं टीकाकरणपछि अमेरिकालाई मास्क लगाउनुपर्ने पावन्दीबाट मुक्ति मिल्लाजस्तो छ । जब कि भारत एवं नेपालमा अहिले यस महामारीको दोस्रो लहरको त्रासद प्रकोप देख्न पाइन्छ । नेपालगञ्ज, धनगढी, बुटवल, वीरगञ्ज, विराटनगर, काठमाडौँको त के कुरा गर्ने दुर्गम विकट पहाडी जिल्ला अछुतो छैनन् हाम्रो आफ्नो परिवेशमा ।

कोभिड–१९ महामारी पछिल्लो डेढ सालदेखि लगातार जारी छ तर हर भौगोलिक क्षेत्र अर्थात् तकरिवन प्रत्येक क्षेत्रमा संक्रमित बिरामीको संख्यामा वृद्धिको यस्तो दर आएका छन् जसको पछि एउटा सापेक्षित गिरावट पनि भएको छ । नेपाल र भारतमा पनि अहिलेसम्म दुई अलग अलग अवधिका उचारचढाव आएका छन् जसको बीच लामो समयको अन्तराल रहेको छ । नेपाल र भारतमा मार्च २०२० पछि कोरोनाको प्रकोप सुरु भयो । सेप्टेम्बर २०२० मा यसको संक्रमणदर बढेर गयो त्यसपछि संक्रमण दर घट्दै गयो तर मे २०२१ पछि क्रमणका नयाँ बिरामीको संख्यामा वृद्धि भएर गएको तथ्यांक भेटिन्छ । नेपाल र भारतमा हालसम्म भारतको तथ्यांक हेर्ने हो भने कुल संक्रमित दुई करोड ६३ लाख पुगेका छन् भने दुई लाख ९२ हजारको मृत्यु भएको छ त्यही दुई करोड ३० लाखभन्दा बढी स्वास्थ भएका छन् अनि १९ करोड ३३ लाखले हालसम्म खोप लगाइसकेका छन् ।

नेपालमा यस अवधिसम्ममा कोरोना संक्रमितको कुल संख्या छ लाख ३८ हजार आठ सय पाँच पीसीआर र ३४ हजार दुई सय ४४ एन्टीजेन पुगेका छन् भने निको हुने संख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको नेपालमा यस अवधिसम्ममा कोरोना संक्रमितको कुल संख्या छ लाख ३८ हजार आठ सय पाँच पीसीआर र ३४ हजार दुर्ई सय ४४ एन्टीजेन पुगेका छन् भने निको हुने संख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ । मृतकको संख्या नौ हजार एक सय १८ पुगेको आवधिक सरकारी तथ्यांक छ ।

वर्तमानमा तेस्रो लहर मात्र विचाराधीन छ । अर्थात् यदि राष्ट्रिय स्तरमा संक्रमित बिरामीको संख्या एक पटक फेरि बढेर गयो भने त्यसलाई देशमा कोभिड–१९ को तेस्रो लहर मानिनेछ तर हालसाल नै दोस्रो पटक उठाइएको आंशिक लकडाउन एक कठोर कर्फ्युजस्ता कदमपछि हालत अलिकति बदलिन लागेको हो कि भन्नेजस्तो छ । जनस्वास्थ्यविज्ञहरूका अनुसार राट्रियस्तरमा कोभिड–१९ को संक्रमण ओरालो लागेको जस्तो हो कि भन्नेसम्म छ । यदि यही प्रवृत्ति जारी रहेमा नेपाल एवं भारतमा अनुमान गर्न सकिन्छ कि आउँदो जुलाइसम्म यस क्षेत्रमा संक्रमण गत वर्षको फेब्रुअरीको स्तरमा पुग्ला कि ? तर यदि यसको विपरीत संक्रमित बिरामीहरूको संख्या बढेर गयो एवं केही हप्ता वा महिनासम्म स्थिर हुनगयो भने त्यसलाई तेस्रो लहर भनिनेछ ।

कोरोना महामारीको तेस्रो लहरलाई पहिलो दोस्रोभन्दा बढी घातक, तीव्र संक्रमण हुनसक्ने आकलन गरिँदै छ । हाला कि यस्तो केही छैन जसको भविष्यवाणी गर्न सकियोस् । साधारणतया यो आशंका भने गरिएको छ, भनिन्छ अगुल्टोले पोलेको कुकुर चट्याङको आवाज सुन्दा तर्सिन्छ रे । तर एउटा आशा गर्ने ठाउँ सधैँ संक्रामक महामारी फैलिँदा प्रत्येक लहर पछिल्लोभन्दा कमजोर हुने गर्दछ । तर कोभिड– १९ को महामारीको एकपछि अर्को लहरमा देखिएको प्रवृत्ति हेर्दा भन्न कर लाग्दछ कि चिकित्सकीय पाठ्यपुस्तकले कहिलेकाहीँ झुटो बोल्दछ । यस्तो यस कारण पनि किनभने जब नयाँ भाइरस देखा पर्दछ अपेक्षाकृत मुक्तरूपले फैलिन्छ । किनभने पूरै जनसमुदाय अति संवेदनशील हुन्छन् । त्यसपछिको प्रसारको दौरान अति संवेदनशील समुदायहरूको सम्भावित संख्या धेरै कम हुनेछ किनभने तीनमध्ये केहीमा प्रतिरक्षा अर्थात् इम्युनिटी प्राप्त हुनेछ । यद्यपि यो तर्क भने हाम्रो परिवेशमा भने द्विविधामुक्त छैन । किनकि पछिल्लो साल मध्य सेप्टेम्बरपछि संक्रमितको संख्या घट्न लाग्यो । त्यतिबेला समुदायको एउटा सानो हिस्सामा संक्रमित भएको थियो । यो कुरा दृष्टिगत गर्दै यति ठूलो जनसमुदायको समूह अझै पनि अति संवेदनशील थियो । यस महामारीको फैलिने गति सुस्त हुने कुनै कारण थिएन ।

यहाँ एउटा विचारणीय कुरा यो पनि छ कि यसरी संक्रमणदर निरन्तर घट्नुको कारणबारे राम्रोसँग अध्ययन एवं विश्लेषण गर्न सकिएको छैन यस भारतीय उपद्वीपमा । यद्यपि दोस्रो लहर पहिलो लहरको तुलनामा कमजोर हुने उम्मिद थियो । अझ कैयौँ मानिसहरूले महामारी आफ्नो अन्त्यतिर छ भन्नेसम्म भ्याए । तर दोस्रो लहरले भारत एवं नेपालमा देखाएको प्रलयकारी वितण्डाले गर्दा उत्पन्न भएको त्रासद अनुभवपछि भने सरकारी निकाय, सार्वजनिक स्वास्थ्य सेवा प्रदायक एवं जनसमुदाय केही सजग भएका छन् कि जस्तो देखिन थालेका छन् ।

कोभिड–१९ को दोस्रो लहरको महामारी यतिसाह्रो प्रलयकारी हुनुमा प्रथम लहरमा लागू गरिएको लकडाउन अकस्मात खुकुलो पार्नु, जनसमुदायले कोभिड–१९ महामारीको पहिलो लहर अलि शान्त भएपछि जनस्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न उदासिनता देखिनुलाई मान्न सकिन्छ । अझ यसलाई जटिल बनाउन हरिद्वारको कुम्भ मेला, राजनीतिक सभा समारोह एवं अन्य धार्मिक सामाजिक समारोह निर्धक्क सम्पन्न हुनु अनि लकडाउन आदेश अनावश्यक रूपमा लागू गर्नुलाई मान्न अब कुनै आइतबार कुर्न परेन भन्दा हुन्छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरको प्रलयकारी वितण्डाले हाम्रो आफ्नो परिवेशका साथै दक्षिणी फ्निो परिवेशका साथै दक्षिणी छिमेकीमा महामारीसँग जुध्न सक्ने हाम्रो व्यवस्थापकीय क्षमता त परीक्षण ग-यौँ नै यस कालखण्डमा भएको संक्रमणदर एवं आवासीय उपचार क्षमता, दक्षता एवं हालसम्म उपलब्ध उत्तरआधुनिक चिकित्सा पद्धतिलाई पनि आफ्नो अन्तिम सीमारेखा प्रस्ट औँल्याइदिएको छ भन्दा हुन्छ  । त्यसैले होला अब सुझाव दिइँदै छ कि तेस्रो लहर अझ बढी खतरनाक हुनसक्नेछ । तर सायद यस्तो नहुन पनि सक्छ ।

कोभिड–१९ महामारीको स्वभाव हेर्दा पहिलो लहरको तुलनामा दोस्रो लहरमा करिब चार गुणा पोजिविलिटीसहित केही अपुष्ट संक्रमण जसको कुनै परीक्षण भएन, अझ बढी हुनसक्ने अनुमान गरिन्छ । यसका साथै धेरथोर मात्रामा खोप लगाइएको कारण जनसमुदायको ठूलो हिस्सामा रोगप्रतिरोधक क्षमता बढेको स्थिति पनि छ । यसैले दोस्रो लहरपछि जनसमुदायमा अति संवेदनशील मानिसहरूको संख्या अपेक्षाकृत कम हुनेछ । यद्यपि भाइरसको जिन उत्परिवर्तन यस आकलनलाई बदलिन सक्छ । भाइरस ती तरिकाबाट उत्परिवर्तन हुन सक्दछ जुन यसले पहिलेबाट संक्रमित समुदायमा विकशित प्रतिरक्षा प्रक्रियाबाट पनि बचेर निस्किन मदत गरोस् अर्थात् खोप लगाएपछि पनि संक्रमणको आशंकालाई नकार्न सकिन्न ।

कोरोनाको तेस्रो लहर आउने एउटा भिन्नै सम्भावना छ । यद्यपि यसको आउने सम्भावनाको स्तर एवं समय यस्तो केही छैन जसको भविष्यवाणी गर्न सकियोस् । तर यो अपरिहार्य अर्थात् अटल होइन । यदि जनस्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथै लागू अनि पालन गरियो भने तेस्रो लहर आइहाले पनि सजिलै पार लगाउन सकिएला तर यक्षप्रश्न त यही छ कि पहिलो लहर केही साम्य भएपछिको हाम्रो समग्र व्यवहार अनि लापरबाहीले दोस्रो लहरमा व्यहोर्न परेको मानवीय क्षति एवं त्रासदीबाट हामी कति पो सजग भयौँ नियम पालना गर्ने एवं नियामक दुवैले । हालै मात्र पनि संक्रमण दर ओरालो लागेको आकलनपछि खुकुलो पारिएको लकडाउन अनि स्मार्ट लकडाउन लागू गरिएपछि फेरि संक्रमण बढ्दो क्रममा देखिनुले त कुनै शुभ संकेत भने दिँदैन ।

यो पनि सम्भावना छ कि अबको पटक देखिने तेस्रो लहर पछिल्लो लहरको तुलनामा सानो होला जसले गर्दा भएको प्रकोप कम होस् एवं कुशलतापूर्वक व्यवस्थापन गर्न सकियोस् । धेरै यस कुरामा निर्भर हुने छ कि जनसमुदायले यस चेतावनीलाई कसरी लेलान । तिनीहरू आउने आपत्विपत्बाट अतालिन पनि सक्लान् वा पटक–पटकको चेतावनीले स्तब्ध हुन पनि सक्छन् तर दोस्रो लहरले हामीलाई सिकाएको छ कि यस्तो विकट स्थितिमा आशावान् हुनुको तुलनामा पागलपनको हदसम्म सतर्क रहनु नै बुद्धिमानी होला । किनकि भनिन्छ :
टरेको छैन कोभिड–१९को प्रहार
साबुनपानीले धुनुहोस् हात बारबार
मास्क, स्यानिटाइजरको प्रयोग राख्नुहोस्
दुई गज सामाजिक दूरी, खोप त छ है जरुरी किनभने
हिजो बाँचेका थियौँ त्यसैले आज छौँ
आज बाँचे पो भोलि रहौँला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्