Techie IT
७ असोज २०७८, बिहीबार

बाघ संरक्षणको चुनौती


काठमाडौं । गत साउन १४ गते नेपाललगायत विश्वभरि नै विश्व बाघ दिवस मनाइयो । फलतः सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने घोषण ग-यो । त्यही बेलादेखि प्रत्येक जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको थियो ।

मूलतः धेरै वर्ष पहिले विश्वमा झण्डै चार हजार हाराहारीमा बाघ रहेको अनुमान गरिएको थियो । तसर्थ विश्वका बाघ पाइने मुलुकमा नेपाल एक सय ९८, भारत दुई हजार दुई सय २६, चीन ७, बंगलादेश एक सय छ, भुटान एक सय तीन, म्यानमार एक सय ९८, कम्बोडिया दुई, इन्डोनेसिया तीन सय ७१, लाओस दुई, मलेसिया दुई सय ५०, रुस चार सय ३३, थाइल्यान्ड एक सय ८९ र भियतनाममा पाँच पर्छन् । तीमध्ये सबैभन्दा धेरै बाघ पाइने मुलुक भारत हो ।

बाघ गणना नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था थाहा पाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन थप मदत पुग्ने विश्वास सम्बन्धित क्षेत्रका सरकारहरूले लिएको छ । वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन् । यसका ३ प्रजातिहरू पृथ्वीबाट लोप भइसकेका छन् ।

अहिले विश्वमा इन्डोचिनियाँ बाघ, मलेसियन बाघ, सुमात्रा बाघ, साइबेरियन बाघ, दक्षिणचिनियाँ बाघ र पाटेबाघ पाइन्छ । नेपाल र भारतको भू–भागमा पाटेबाघहरू पाइन्छ । पाटेबाघको वैज्ञानिक नाम प्याथरा टाइग्रिस हो । यसरी पाटेबाघ अरु बाघभन्दा केही ठूलो शरीरको हुन्छ । जसको भालेको तौल लगभग दुई सय ३५ किलोग्रामसम्मको हुन्छ । यसरी नै बाघ संरक्षणवादीहरूको दाबीअनुसार अहिले विश्वमा पाटेबाघको संख्या दुई हजारभन्दा पनि कम भइसकेको छ ।

अहिले संसारमाकरिब एक हजार चार सय ११ पाटेबाघहरू अस्तित्वमा रहेको अनुमान गरिएको छ । नेपाललगायत दक्षिण एसियाली देशहरूले बाघ संरक्षणमा उत्साहजनक नतिजा हासिल गरिरहेका छन् । तर, इन्डोनेसिया, थाइल्याण्ड र मलेसियाजस्ता दक्षिणपूर्वी एसियाली देशहरूले भने सन्तोषजनक नतिजा हासिल गर्न सकिरहेका छैनन् । एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो लजालु वन्यजन्तु हो ।

पाटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ । बाघ घना जंगलमा रमाउँछ तर, नेपालमा भने जंगल पातलो हुँदै गएको छ । बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती नै यही भएको संरक्षणविद्हरूको भनाइ छ । देशले पु-याउनुपर्ने संख्या दुई सय ४५ हो तर हामी त्योभन्दा बढी दुई सय ५० बनाउने लक्ष्यमा छौँ ।

पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या दुई सय ३५ वटा छ । यसरी चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । सन् २०१३ को बाघ सर्वेक्षणअनुसार चितवनमा एक सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा सात र बाँके राष्ट्रिय निकुञ्जमा चार वटागरी नेपालमा एक सय ९८ वटा पाटेबाघ थिए ।

सरकारले २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पर्सा १८, चितवन ९३, बर्दिया ८७, बाँके २१ र शुक्लाफाँटा १६ निकुञ्जमा गरी कुल दुई सय ३५ वयस्क बाघ थिए । अतः सेन्ट पिटर्सवर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दुई सय ५० वटामा पु-याउने लक्ष्यमा पुग्न हामी १५ कम छौँ । यो लक्ष्य पूरा भएमा नेपाल बाघको जनसंख्या दोब्बर पु-याउने पहिलो देश बन्नेछ ।

प्रत्येक चार वर्षको अन्तरालमा राष्ट्रिय सर्वेक्षण गर्ने कार्यक्रम रहेको छ । बाघ गणनामा क्यामेराट्रयाप, सन्टोकम्पा, रेन्जफाइन्डर, जीपीएस रेकर्ड फर्मलगायतका सामग्रीको प्रयोग गरी बाघ तथा आहार प्रजातिको गणना समेत गरिनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले पनि बाघलाई संरक्षित सूचीमा राखेको र यसको शिकार गर्ने व्यक्तिलाई पाँचदेखि १५ वर्षसम्मको कैद र ५० हजारदेखि ७५ हजारसम्मको जरिवाना व्यवस्था गरेको छ ।

समग्रमा भन्नुपर्दा विश्वमा बंगलादेश, भियतनाम, कम्बोडिया, भारत, भुटान, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, चीन, मलेसिया, रसिया, म्यानमार र नेपालसहित १३ देशमा बाघ पाइन्छ । अहिले विश्वमा करिब तीन हजार पाँच सय बाघ छन् । राष्ट्रिय वनजंगलमा बाघको संख्या निकै कम देखिएकोले कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरा अहिले नेपालको अगाडि प्रमुख चुनौतीका रूपमा खडा भएको छ । यसको साथसाथै अर्को चुनौती चोरीसिकार नै हो ।

वन्यजन्तुको अंगको कुनै मौद्रिक मूल्य हुँदैन भन्ने सन्देश दिन नेपालले अघिल्लो वर्ष चितवनको कसरामातीन ट्रक वन्यजन्तुको आखेटो पहार जलाइसकेको छ । यद्यपि चोरीसिकारी र कारोबारलाई नियन्त्रण गर्न सकिएको छैन ।

यसै क्रममा हेर्ने हो भने बाघको समान वितरण कसरी गर्न सकिन्छ भन्ने चुनौती पनि नेपालसामु छ । पर्सा राष्ट्रिय निकुञ्जलाई विस्तार गर्नुपर्नेमा निजगढ विमानस्थल निर्माणका लागि वन्यजन्तुको करिडोर मास्ने काम हुनथालेको छ । हाल पूर्वमा बाघको वासस्थान पुनस्र्थापना गर्न सकिने क्षेत्रको रूपमा कोशीटप्पुको क्षेत्र विस्तार गर्न जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्