Techie IT
१५ साउन २०७८, शुक्रबार

नयाँ राजनीतिक शक्तिको खाँचो र चुनौतीहरू


काठमाडौं ।
भौगोलिक रूपमा नेपाल सुन्दर देश भएर पनि राजनीतिक, सामाजिक र आर्थिक रूपले धेरै नै पिछडिएको अवस्थामा रहेकोलाई कसैले पनि अस्वीकार गर्नसक्ने अवस्था छैन । विसं २००७ सालको राजनीतिक परिवर्तनदेखि विसं २०७२ सालसम्म आइपुग्दा मुलकले अनेक राजनीतिक परिदृश्यहरूको सामना गर्दै रहुनु प¥यो । कहिले प्रजातन्त्र, कहिले निर्दल, कहिले बहुदल, कहिले अल्पमतको सरकार त कहिले बहुमतको सरकार, कहिले सर्वदलीय सरकार हुँदै विश्वकै अत्यन्तै गरिब मुलुक नेपालले घटना र प्रतिघटनाहरूको सामना गर्दै आउनुप-यो ।

यसैबीच मात्र माओवादी समूहको विद्रोहले करिब १२ हजार मानिसहरूले आफ्नो ज्यान समेत गुमाउन पुगे भने त्यसको परिणामस्वरूप माओवादीहरूको मागअनुसार पहिलो संविधानसभा निर्वाचनमार्फत गठन हुनपुग्यो । पहिलो संविधानसभाले राजतन्त्रको अन्त्य त ग-यो तर गणतान्त्रिक संविधानको निर्माण गर्न असफल रह्यो । देशका प्रमुख र प्रभावशाली ठानिएका राजनीतिक पार्टीहरू कांग्रेस, एमाले, माओवादी, मधेसी राजनीति दलहरू सबैले कुनै न कुनै रूपमा सरकार सञ्चालन गर्ने अभूतपूर्व मौका प्राप्त गरिनै रहे । दलका प्रमुख नेताहरू र प्रधानमन्त्रीको पदमा समेत पुगे । तर देशले चाहेको र नेपाली जनतालाई आवश्यक मार्गदर्शन प्राप्त हुन सकेन ।

पहिलो संविधानसभाले देशलाई संविधान दिन नसकेपछि दोस्रो संविधानसभाको निर्वाचन भयो । परिणाम स्वरूप देशको प्रभावशाली क्रान्तिकारी पार्टी एमाओवादी तेस्रो स्थानमा पुग्यो भने त्यसका अत्यन्तै प्रभावशाली नेताहरू प्रचण्ड र बाबुराम भट्टराईले दुई दुई स्थानबाट चुनावमा प्रतिस्पर्धा गरे पनि एक एक स्थानबाट उनीहरूले चुनाव हार्नुप-यो । कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो स्थान हाँसिल गर्न सफल रहे । तर यो चुनावले देश र जनतालाई एउटा महत्वपूर्ण सन्देश भने दियो । त्यो सन्देश के थियो भने जनताले कुनै पनि दललाई बहुमत नदिएर सबै मिलेर एकजुट भएर काम गर भन्ने जनादेश दियो ।

६०१ सदस्यीय संविधानसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र एमालेले मिलेर बहुमतको सरकार निर्माण गरे भने अन्य राजनीतिक दलहरू सरकारबाहिरै रहे । एमाओवादी नेतृत्वमा मधेशी दलसहित ३० दलीय सरकारविरोधी मोर्चा गठन भयो भने आ–आफ्नो लिँडेढिपीलाई कायम गर्दै नयाँ संविधान निर्माण पहलमा राजनीतिक लडाइँ जारी छ । आपसी समझदारी र सम्भौता हुनसकेको छैन । संविधानसभामा मारपिट र हुलदंगा गर्नेदेखि लिएर एमाओवादीले सडकमा सरकारविरुद्ध अभूतपूर्व प्रदर्शन समेत ग-यो ।

एमाले र कांग्रेसको सरकाले देखाएको बहुमतको दम्भ र घमण्ड एवं घाइते सिंहको रूपमा आफ्नो राजनीतिक प्रभाव कायमै राखिरहन निरन्तर संघर्ष गर्दै रहेको माओवादीबीचको द्वन्द्वको शक्ति संघर्ष र लडाइँमा नेपाली जनता नराम्ररी पिल्सिन पुगे । फलस्वरूप नेपाली जनता निराश र हतास मनस्थितिमा पुगेका छन् ।

विधिको विडम्बना नै भन्नुपर्ला कि देशभित्र राजनीतिक पार्टीहरूले गैरजिम्मेवार र अराजनीतिक भूमिका निर्वाह गर्दै रहेका बेला अचानक ७ दशमलव ९ रेक्टर स्केलको भुँइचालोले देशलाई तहसनहस पा¥यो । जसले गर्दा आफ्नो भ्रष्टचारी स्वार्थ पूरा गर्न पल्केका राजनीतिक दललाई नयाँ संविधान निर्माण गर्ने दायित्वबाट पर हुत्याइदियो । राजनीतिक दलहरूले जे चाहेका थिए त्यही भयो ।

निरिह नेपाली जनताका लागि जहाँ गाह्रो त्यही बज्जिया साह्रो हुन पुग्यो । राजनीतिक दलहरू त यही संविधानसभालाई संविधान नै नबनाइकन पूरै अवधि निरन्तरता दिन खोजिरहेका छन् । जे खोजेको थिए त्यही नै प्राप्त हुने बलियो सम्भावना देखिँदै छ । पद, पैसा, शक्ति र निरन्तर तलव एवं भत्ता खान पल्केका संविधानसभाका सदस्यहरूले नयाँ संविधान चाँडै बनोस् भन्ने चाहना राखेको देखिँदैन । गैरजिम्मेवार प्रवृत्ति यथावत नै छ ।

भुँइचालोको दर्दनाक परिणाम र राजनीतिक अन्यौलताको तातो रापमा नेपाली जनताले पिल्सिन बाध्य हुनुप-यो भने अब के हुने त भन्ने प्रश्न टड्कारो देखिएको छ । भुँइचालोको बहानामा गैरजिम्मेवार राजनीतिक दलहरू र त्यसका नेताहरूले पानीमाथि ओभानो बन्ने अवस्था छैन । आम नेपाली जनता यिनीहरूबाट क्रमकी रूपमा निराश बन्दै छन् । नेपाली जनतासमक्ष विकल्पहरूको स्पष्ट अभाव छ । जतिसुकै असन्तुष्टि जनाए पनि नेपाली जनताले यिनै भ्रष्ट र अनैतिक राजनीतिक दल र तिनका नेताहरूलाई नै बारम्बार भोट दिनुपर्ने अवस्था छ । जनताले निरन्तर रूपमा तिनैलाई भोट दिइनै रहेका छन् ।

अब अर्को विकल्प के त ? संविधानसभाबाट संविधान आउनासाथ तत्कालै त्यसलाई विघटन गरेर ३ महिनाभित्रै अर्को चुनाव गर्नुपर्ने हुनाले हुँदाखाँदाको तलब, भत्ता, पद विदेश भ्रमण तत्कालै जोखिममा पर्ने हुनाले प्रतिनिधिसभाका ६०१ सदस्यहरूले नयाँ संविधान आओस् भन्ने नै चाहाँदैनन् । यस्तो स्थितिमा कुनै पनि दलले देशलाई सही दिशातर्फ मोड्न सकेनन् र सक्ने स्थिति पनि देखिएन ।

अब नेपाली जनता विकल्पको रूपमा एउटा शक्तिशाली राजनीतिक दलको खोजीमा छन् । तर यस्तो राजनीतिक दलको नेतृत्व गर्ने र त्यसमा कोको रहने भन्ने विषय बडो चुनौतीपूर्ण छ । नेपाली राजनीतिक आकाशमा जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्थाले गहिरो स्थान ओगटेको छ । कसैले नयाँ राजनीतिक शक्ति वा दलको स्थापना गरेको खण्डमा पनि थाकेर हैरान भएका जनताले सहजै पत्यार गर्ने स्थिति विद्यमान छैन । यिनीहरू पनि कमाउनै आएका हुन् भन्ने मनोदशाले ग्रस्त छन् नेपाली जनता ।

भारतमा केजरीवालको आम आदमी पार्टी (एएपी–आप)ले प्रप्त गरेको अभूतपूर्व सफलताले भारतीय जनतापार्टी र भारतीय कांग्रेस पार्टीको होस् राम्ररी खुलाइदिएको छ । भ्रष्टचारविरोधी एउटा नितान्ट नयाँ पार्टीलाई त्यहाँको जनताले विश्वास गरेका छन् । के यस्तै कुनै पार्टी नेपालमा खुल्न सक्ला ? यो अहं प्रश्न नेपाली जनसमक्ष टड्कारो बनेर उभिएको छ ।

यदि भारतको अन्ना हजारेजस्तै नेता नेपालको राजनीतिका आकाशमा देखियो भने नेपाली जनताको आसाको दियो बल्न सक्छ । उदाहरणको रूपमा आमरण अनशन गरेर जथाक्ने डा. गोविन्द केसीजस्ता निर्मल मन र निःस्वार्थ छवि भएका व्यक्तित्वले राजनीतिक दल खोल्ने धृष्टता र आँट गरे भने निश्चय पनि केही सकारात्मक परिणाम देखा पर्नसक्छ ।

डा. केसीकै नेतृत्वमा देश विदेशमा रहेका ख्यातीप्राप्त नेपालीहरूलाई संगेटेर एउटा राजनीतिक दलको निर्माण गर्न सकिन्छ । संयुक्त राज्य अमेरिकाको हार्बर्ड युनिभर्सिटी, क्यालिफोनियाको स्टयानफोर्ड युनिभर्सिटीलगायत माक्रोसफ्ट, वोइङ, गुगल, नासालगायत अन्य मुलुकहरूमा सेवा गर्दै रहेका विद्वान र क्षमतायुक्त नेपालीहरूलाई संंगेटेर एउटा राजनीतिक दलको निर्माण गरेर विस्तारैविस्तारै अगाडि बढ्न सकिन्छ । यस्तो दललाई जनताले विश्वास गर्ने सम्भावना टड्कारो छ ।

यसका अतिरिक्त हाल गैरआवसीय नेपाली संघका नेतृत्वकर्ताहरूजस्तै शेष घले, उपेन्द्र महतो, आदि इत्यादिजस्ता व्यक्तिहरूलगायत प्रोफेसर, डाक्टर एवं इन्जिनियरहरूलाई साथमा लिएर त्यस्तो राजनीतिक पार्टीलाई अरु बढी शक्तिशाली बनाउन सकिन्छ । यसो गरिएमा अहिले अस्तित्वमा रहेका अहंम् र दम्भले भरिएका राजनीतिक दलहरू जनताबाट टाडिएर कहिल्यै पनि उठ्न नसक्ने गरी ओझेलमा पर्न सक्ने सम्भावना टड्कारो छ ।

यदि नेपाली जनताको आस्था र विश्वासलाई जित्न सक्नेगरी यस्तो नयाँ पार्टीले नितान्त नयाँ र भरपर्दो योजनासहितको कार्यपत्र ल्याएर नेपाली जनताबाट अनुमोदन गराउने सक्यो भने नेपाल र नेपालीको मुहार छिट्टै नै फेरिनसक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन । किनभने कुनै पनि समस्याको अवश्य समाधान छ । नेपाल र नेपालीहरूको समस्याको पनि अवश्य समाधान छ । सिर्फ हामी सबै सकारात्मक बनौँ यही नै आजको पहिलो आवश्यकता हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्