Techie IT
आईतबार, असोज ४,२०७७

कोरोना कथा र दुई तिहाइ सरकारको आन्तरिक झगडा


एउटा दुर्गम गाउँ जहाँ माओवादका सैन्य लडाकुहरू जन्मिएका थिए । त्यही स्थान हो जहाँका जनता नेपालमा एउटा अर्कै उथलपुथल र परिवर्तनका लागि शिरमा कात्रो, हातमा बन्दुक र खुट्टामा उज्यालो बाटोको खोजीमा निस्किएका थिए । दश वर्ष युद्धको धुवाँले ढाक्यो नेपाली आकाश । हजारौं निर्दोष नेपाली मारिए । हजारौं विधवा बने ।

हजारौं आमाहरू छोराछोरीविहीन भए । हजारौं नाबालकहरू आमाबाबुविहीन बने । अन्ततः युद्धविराम भयो । सामन्ती सरकार ढल्यो । दुई सय पचास वर्षको राजतन्त्र गर्ल्यामगुर्लुम्म ढल्यो । जनतान्त्रिक सरकार बन्यो । गणतन्त्र स्थापना भयो । त्यति मात्र होइन नेपालमा संघीयता पनि आयो । नेपाली जनताले रोजेको खोजेको शासन प्रणाली आयो भने सबैले । अब कोही नेपाली भोग रोग र अशिक्षाको अँध्यारोमा बस्न पर्दैन भन्ने कुरामा जनता ढुक्क भएका थिए । हिजोको युद्धमा कमान्ड सम्हालेका तर बन्दुक कहिले नबोकेका व्यक्तिहरू मात्रै प्रधानमन्त्री र मन्त्री बने ।

सर्वसाधारण जनताको छोरा जो युद्धमा होमिएको थियो र अपाङ्ग बन्यो महान परिवर्तनका लागि । तर ऊ खुसी हुन सकेन । उसको जिन्दगी फेरिएन । परिवर्तनले जनजिन्दगी फेरिएन भने त्यो के परिवर्तन हो र ? ल्याएको परिवर्तन केवल ढाडे बिरालाको लागि मात्रै थियो भने त्यत्रो नेपाली किन सहिद बन्नु थियो र ? । दुःख उस्तै रह्यो । अभाव उस्तै रह्यो । अशिक्षा र गरिबी उस्तै रह्यो । केही मुठीभर नेता र तिनैका सन्तान दरसन्तानलार्ई सत्तामा पु¥याउन गरिएको युद्ध बेकार भयो । सबै सबै आफन्तलार्ई नै मन्त्री बनाउनेमा व्यस्त भए ।

युद्धमा होमिएको सानुमान सुनुवारको जिन्दगीमा केही परिवर्तन आएन । युद्धमा बाचियो भने एउटा नोकरी सम्म त मिल्ला भनेको आखिर नेपाल आर्मीमा पनि ऊ समाहित हुन सकेन । उसको लागि बोल्दिने कोहि भएन । उसको सपना तुहियो । कति साथीहरू नेपाल आर्मीमा समाहित भए । ऊ भएन । उसको भाग्यमा लेखेकै रहेनछ । हिजो युद्धमा मारिएको भए कमसेकम सहिद त हुन पाइन्थ्यो । परिवारले अलिकति भने पनि पैसा पाउथे । थुक्क मेरो भाग्य । मृत्युले नपत्याएको मान्छे म । यस्तै यस्तै सोच्दै आर्मीमा गएका साथीहरूलार्ई बिदाइ गरेर एक दिन ऊ सदरमुकाम बाट गाउँ फर्कियो । निदारमा एउटा कलङ्कको टीका त लागेकै थियो । सँगै छिमेकीको छोरा आर्मीमा गो तँचैँ लायक भैनछस् है … बाबुको बचनले कोखा हान्यो । के म त्यस्तो नालायक नै थिए त ?

भुपु माओवादी भएँ म । किन बन्दुक बोक्नु परेको मैले । मैले आफ्नै गाउँका काका पर्ने जगतमान गुरुङको कन्चठमा हाने । ताकीताकी मारे । उनको दोष खास के थियो मैले बुझेको पनि थिइनँ त्यतिबेला । चन्दा माग्दा नदेको झोकमा दुस्मन भन्दै कतिलार्ई मारियो मारियो सानुमानलार्ई निन्द्रा आएन । भोलिपल्टै ऊ फेरि सदरमुकाम गयो । उसले एउटा म्यानपावर कम्पनीमा आफ्नो पासपोर्ट र फोटो बुझायो । जम्मा डेढ लाख तिर्नुपर्छ भन्यो म्यानपावरले । पैसा त थिएन उसँग । बाउलाई रोइकराइ ग-यो । एउटा खेत थियो । बन्दगी राख्यो । बिहे भैसकेको थियो । एउटा सानी छोरी पनि भैसकेकी थिई । ऊ युद्धमा होमिन जाँदा श्रीमती दोजिया भएकी थिई । चार वर्ष त ऊ जंगलमै हरायो । युद्धविराम भएर घरमा पुग्दा जूनजस्ती छोरीलार्ई काखमा लिएर ऊ बेस्सरी रोयो । केही थिएन साथमा । बन्दुकले खाएको दुईटा डुँढो औंलाबाहेक । ऊ देखेर श्रीमती बेस्सरी रोएकी थिई ।

एक महिनापछि भिसा आयो । सानुमान अरब गयो महिनाको पन्ध्र हजार कमाउन । उसले सोच्यो उसको लागि नेपाल रहेनछ । नेपाल त केवल नेता, जाली फटाहा, भ्रष्टाचारी, चाकरी चम्चागिरी, नेताका आशिर्वाद पाउनेहरूका लागि मात्रै रहेछ भन्दै एयर अरेबियाको जाहाज चढ्यो । भ-याङ उक्लिनुअघि पर बसेकी सानी छोरीलार्ई हात हल्लाउँदै जाहाज भित्र छि-यो । धेरै धेरै दुख ग-यो पचास डिग्रीको तातो मरुभूमिमा । १७ वर्ष काम ग-यो । छोरीलार्ई हुर्कायो । खेत निखन्यो । ऊ उतै हुँदा उसका बाबु बिते । नेपाल आउन छुट्टी मिलेन । बाउको लागि उतैबाट उसले काजकिरियामा सहयोग पु-यायो । क्रिया खर्च उता-यो । छोरीलार्ई कलेज पढाउन थाल्यो । आमा श्रीमती र एक छोरीको जिन्दगी अब सहजरूपमा बग्न थाल्यो । एकदिन उसले एउटा खबर सुन्यो कि चाइनाको बुहान भन्ने स्थानमा एउटा अर्कै खालको रोग फैलिएको । र सहर नै सिल गरेको । उसले सोचेन त्यो रोग ऊ बसेको सहर रियाद सम्म कहिले आउला भनेर ।

युरोपेली मुलुकहरू त्यही रोगका कारण ध्वस्त हुन थाले । अमेरिका त्राहीत्राही हुन थाल्यो । उसले सोच्यो त्यो रोग नेपालमा आउदैन भनेर । चाइना बाट रियाद सम्म त्यो रोग उडेर आइपुग्न एक महिना पनि लागेन । उसकी श्रीमतीले घरबाट फोन गरी ‘कुन्नी केजाती कोरोना भन्ने रोग आको छ रे टिकट काटेर झट्टै नेपाल आउनू ।’ नभन्दै रियादमा पनि केही संक्रमण देखियो । ऊ काम गरेको फ्याक्ट्री बन्द भयो । उसलार्ई अफिसले बिदा दियो । अन्तर्राष्ट्रिय उडान बन्द हुनु केही दिनपहिले ऊ एयर अरेबियाबाट नेपाल उत्रीयो । भोलिपल्टै ऊ घर गयो । गाउँमा परिवारहरू आत्तिरहेका थिए । घर पुगेपछि आमा र श्रीमती ढुक्क भए । छोरी खुसी भई । तर खोइ किन किन ऊ भने ढुक्क हुन सकेको थिएन । बाटोमा आउँदाआउँदै उसले न्यूज पढ्न पुग्यो । एयर अरेबियाको फ्लाइटबाट यो मितिमा नेपाल आएका एक जना नेपालीलार्ई कोरोना पुष्टि भएकोले उक्त उडान र मितिमा नेपाल फर्किएका सबै यात्रुहरूले सम्बन्धित फोनमा सम्पर्क गर्न अनुरोध… । उसले उक्त मोबाइलमा फोन ग¥यो । फेरि ऊ काठमाडौँ फर्किन पर्नेभो । ऊ होशियार थियो । श्रीमती र बच्चा अनि आमाबाट अलग बस्यो ।

फर्किनुअघि नै रियादमा उसलार्ई कोरोना बारेमा धेरै कुराको ज्ञान सिकाइएको थियो । ऊ फेरि चौधौं दिनको आइसोलेसनमा गयो । आइसोलेसनको सबै भद्रगोल र व्यथिति देखेर ऊ अवाक भयो । सात दिनपछि उसको कोरोना रिपोर्ट पोजेटिभ आयो । तर ऊ आत्तिएन । धैर्यता राख्यो । नेपालमा कोरोना डढेलो लागेजस्तै फैलिन थाल्यो हेर्दाहेर्दै । सरकारले तोकेको कोरोना अस्पतालमा बेड छैन । निजी अस्पतालहरू कोरोना रोगीहरूको उपचार नगर्नी भन्छन् । सरकारसँग निश्चित योजना पनि छैन । भिजन पनि छैन । कोरोना औजार र औषधि खरिदमा समेत भ्रष्टाचार भएको भनी मुद्दा उठेका छन् । आजसम्म सरकारले एउटा पनि भेन्टिलेटर नयाँ किनेको छैन । जहिले पनि अनुदान र भीखमा चल्न मन पराउने सरकारको काम गर्ने शैली विचित्रको छ । देशमा यत्रो कोरोनाको महामारी फैलिएको छ सरकार भने आफ्नो पार्टीको आन्तरिक कलहमा अलमलिएको छ ।

चौधौं दिन नपुग्दै खानै नपाएर मरिने भैयो भन्दै आइसोलेसनबाट भाग्यो सानुमान सुनुवार । नाम मात्रैको आइसोलेसनबाट झन् बढी खतरा मोल्नुपर्ने देखेर ऊ भाग्यो । जो–जो नेताका आसेपासे छन् तिनलाई अर्कै व्यवस्थापन छ । आइसोलेसनमा समेत यो विभेदले ऊ दिक्क भयो । मानिस सधैं किन आफ्ना र आर्कामा यो विभेद देखाउँछ । यो भन्दा पशुतुल्य जिन्दगी त हिजो बन्दुक बोक्ता पनि भोगेकै हो र आजसम्म पनि यो भेदभावपूर्ण व्यवहार उस्तै रहेछ । खोइ कहाँ आयो परिवर्तन ? यति विभेद त जंगली जनावरबीचमा पनि हुँदैन । सानुमान फेरि गाउँ जाने विचारमा घित्लियो । सारा बाटो र यातायात बन्द थियो । एउटा शव बाहन चालकसँग उसको आइसोलेसनमा परिचय भएको थियो । दश हजारमा उसले गाउँ छोडेर आइदिने कबुल ग-यो । भोलिपल्ट बिहानै ऊ लासजस्तै बन्यो । कात्रोमा बेरियो । शान्त भएर सुत्नु भन्यो चालकले थानकोट चौकी आएपछि । ऊ त्यस्तै बन्यो । गाडीले एकाबिहानै थानकोट काट्यो । विधाताले बनाएको यो नियमलाई कसले उल्लंघन गर्न सक्थ्यो र । आखिर गाडी बाटोमा दुर्घटनामा प-यो । त्रिसुलीमा खस्यो । शव बनेर गएको सानुमान फेरि फर्केर घर गएन ।

यस्तो छ हामी नेपालीको कथा । कथा त सकियो । तर नब्बे प्रतिशतभन्दा नेपालीको कन्तविजोकको कथाले हृदयमा हिर्काउँछ । हामी जन्मेदेखि मृत्युपर्यन्त विभेद र विभाजनमा नराम्ररी फसिरहेका छौँ । खोइ कहिले होला नेपाल बन्ने ? कहिले होला नेपाली जनताको दैनिकीमा परिवर्तन आउने ? कहिले सकिएला यो विभेदकारी नियमन नेताका कुख्यात चरीत्रमा परिवर्तन आउने ? हिजो परिवर्तनका लागि लडेका महान क्रान्तिकारीहरू आज सत्ताको मादमा मग्न छन् ।

जनताको आँसुलाई पिसाबजत्तिको नि नसम्झिने यस्ता महान परिवर्तनकारीहरूले सम्हालेको देशमा सानुमान सुनारहरू यसैगरी जीवनको इहलीला समाप्त पार्न विवश छन् । लासमाथि पनि यहाँ राजनीति हुन्छ । नेपालीले चाहेको परिवर्तन के यही हो त ? के यही र यस्तै थियो त ? अरु बेलाजस्तो होइन अहिले । यतिबेला त सरकारको पूर्ण ध्यान कोरोना व्याधिबाट नेपाली जनतालार्ई मुक्ति दिनुपर्नेमा लाग्नुपथ्र्यो तर सत्ता लम्ब्याउने र पार्टीको आन्तरिक कलह सुल्झाउनुमा नै व्यस्त छ सरकार । सरकारले यदि यस्तै रवैया देखाइरह्यो भने उसले नेपाली जनताबाट पाइरहेको दुई तिहाइ समर्थ आउने चुनावमा अवश्य फिर्ता लिनेछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्