Techie IT
१० असार २०७८, बिहीबार

कोभिड–१९ लाई जित्न खोपको अपरिहार्यता


काठमाडौं ।
हुनसक्छ केही मानिस खोप लगाएपछि पनि संक्रमित होलान् तर मर्ने जोखिम हुँदैन । एक मात्रापछि प्रतिरक्षा प्रणाली बलियो हुँदैन यसमा समय लाग्छ । यस मामलामा हामीले कुनै लापरबाही गर्नु हुँदैन । देशमा खोप लगाउने कार्यक्रम जब सुरु भयो त्यतिबेला संक्रमणको दर र मृत्यु संख्या धेरै न्यून थियो तथा त्यसको ग्राफ तेजले तलतिर झर्दै थियो । यसकारणले जनसमुदायमा यसप्रति चासो थिएन । जब कि गएको एक हप्तादेखि संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेर जाँदै छ ।

अहिले पनि दुई यस्ता कारक छन् जसले टिकाकरणमा कमी आइराखेको छ । पहिलो टिकाकरणका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू धेरै न्यून मात्रामा अग्रसर छन् । जसलाई बढाउनु आवश्यक छ । दोस्रो टिकाकरणका लागि प्रतिदिन बिहान जति तयारी गरिएको हुन्छ त्यसको ६० प्रतिशत मात्र परिणाम देखिएको छ ।

हाम्रो टिकाकरण अभियान सुरु भएको धेरै दिन हुन लाग्यो तर अहिले पनि धेरैजासो प्रौढहरू यसबाट वञ्चित भइराखेका छन् । टिकाकरणको तथ्यांकलाई बढाउनका लागि जनसमुदायलाई केन्द्रसम्म ल्याउनु आवश्यक छ ।

प्रौढ एवं वृद्धवृद्धाहरू खोपकेन्द्रसम्म नपुग्नुको एउटा कारण समाचारहरू हुन जसमा खोप लगाएपछि मृत्यु हुनसक्ने कुरा भनिएको छ । जरुर छैन कि खोपका कारण मानिसहरूको मृत्यु भएको होस् जसरी समाचारहरूमा प्रचार भइराखेको छ । मृत्युको कारण अर्को पनि हुन सक्तछ । यतिबेला मिडियालाई जिम्मेवार हुन आवश्यक छ ।

युरोपियन युनियनमा खोप लगाएपछि रगतको थोप्ला जम्ने जस्तो खबर आएको थियो यसबाट पनि मानिसहरू खोप लगाउन डराएका छन् । जब कि यस्ता घटनाहरू ज्यादै न्यून छन् र आदिले पनि प्रमाणित भएको छैन कि खोप लगाएको कारणले नै रगतको थोप्ला जमेको होस् ।

दुइवटै खोपको बैकसीन तथा कोविशिल्डको कुनै ठूलो साइड इफेक्ट छैन । संक्रमित भएमा वरिष्ठ नागरिक एवं बिरामी जनसमुदायका मानिसहरू मर्ने खतरा बढी छ । तर खोप लगाएपछि मृत्युको खतरा कम हुनेछ र यस्ता व्यक्तिलाई फाइदा पुग्नेछ । जो न्यून जोखिममा हुन्छन् तिनीहरूलाई कोभिड– १९ बाट मृत्यु हुने खतरा कम छ । यस्तोमा तिनलाई खोपबाट धेरै फाइदा नहोला त्यसैले समुदायमा जुन समूहलाई बढी फाइदा पुग्नेछ तीनलाई खोप लगाउन प्राथमिकतामा राखिएको छ ।

मामुली साइडइफेकटको डरले खोप नलगाउनु एउटा जिम्मेवारीपूर्ण व्यावहार मान्न सकिन्छ । यसमा फाइदा जोखिमको अनुपातमा लाभ बढी र खतरा धेरै कम छ । साँचो कुरा त यो छ कि खोप लगाएर अहिलेसम्म कोही मानिस मरेको छैन बरु अरु कारणले मृत्यु भएको हुनसक्छ तर प्रत्येक मृत्युको भने जाँच परीक्षण गरिनुपर्दछ ।

खोप लगाएपछि सामान्य खालको साइडइफेक्ट भए छ भने पनि त्यो यस कुराको सङ्केत हो कि हाम्रो शरीरले खोप लगाएपछिको प्रतिक्रिया दिइराखेको छ । यसलाई नकारात्मक मानिनु हुँदैन । मैले नै खोप लगाउनु अहिले स्वैच्छिक छ तर जनसमुदायलाई बल गरेर भए पनि खोपकेन्द्रसम्म ल्याउनु आवश्यक छ ।

जनसमुदायलाई सम्झाउनु फिल्म कलाकार स्थानीय नेता धार्मिक नेता आदिलाई अगाडि आउनुपर्ने हुन्छ । समुदायहरूलाई खोपको फाइदाबारे अभिमुखीकरण सचेतना गराउनु धेरै आवश्यक छ नत्र भने एक पटक फेरि प्रतिदिन मृत्युको तथ्यांक हजार पुग्नसक्छ । यस्तो नहोस् । यसका लागि खोप लगाउनेहरूको संख्या बढाउनु आवश्यक छ ।

खोप कसरी खेर जानबाट बचाउने ? प्रत्येक खोप लगाउने अभियानको बेलामा एक सय नौदेखि १५ प्रतिशतसम्म खोप खेर जान्छ यसलाई सामान्य मानिन्छ । यस्तो यसकारण हुन्छ किन भने खोपको प्रत्येक भाएल सिसीमा एक मात्रा मात्र हुँदैन यदि एक भाएल सिसीमा १० मात्रा छ भने त्यसलाई खोलेपछि निर्धारित घण्टाभित्र सक्नुपर्ने हुन्छ, होइन भने त्यसको प्रभाव खतम हुन्छ । जब एक भायल सिसी खुल्छ खोप लगाउन त्यहाँ १० जना हुुनु जरुरी छ । अनि मात्र एक भायल सिसी सबै प्रयोग हुन सक्तछ ।

कति पटक यस्तो पनि हुन्छ कि एक सिसीको अन्तिम मात्रा प्रयोग गरिँदैन, हुँदैन किन भने यस कुराको डर रहन्छ कि यो मात्रा पूरा छ कि छैन कहिलेकाहीँ शंका हुन्छ कतै निर्धारित समयभन्दा बढी खुला नै रह्यो कि यस्ता सिसीको खोप फ्याँकेर नयाँ सिसीबाट लगाइन्छ ।

कोरोना धेरैजसो स्वस्थ्य युवाहरूको एउटा सेल्फ तिमिटिङ रोग मानिन्छ जुन आफसे आफ आउला र जाला दोस्रो लहरमा मृत्यु, संक्रमणको संख्या बढेर जालाजस्तो छ । यदि हामीले ४५ वर्षभन्दा माथिका उमेरसमूहका अधिकांश मानिसहरूलाई लगाउन सक्यौं भने मृत्युको संख्या कम हुनसक्छ । चाहे संक्रमितको संख्या जति पनि बढी किन होस्, हामीलाई हाम्रा बुजुर्गहरूलाई पूर्णरूपले सुरक्षित राख्नुपर्ने आवश्यकता छ । जबसम्म तिनीहरूलाई खोपको दुवै मात्रा नदिइयोस् । यो हाम्रो जिम्मेवारी हो कि हामी समुदायलाई जागरुक एवं सचेत गरौँ । (लेखक भेटेरीनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरका वरिष्ठ पशुचिकित्सक सेवा निवृत्त प्रमुख हुन् ।) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्