Techie IT
२६ वैशाख २०७८, आईतबार

वेद र वास्तुशास्त्रको अन्तर सम्बन्ध र महत्व


सामान्य भाषामा वेदको अर्थ ज्ञान भन्ने बुझिन्छ । वेद र्इश्वरद्वारा ऋषिमुनिहरूलार्इ सुनार्इएको ग्रन्थ हो, त्यसैले वेदलार्इ श्रुति पनि भनिन्छ । वेदलार्इ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार प्रकारमा विभाजन गरिएको छ । यी चारवेदका पनि चारवटा उपवेद रहेका छन् । जसमा ऋग्वेदको उपवेद आयुर्वेद, यजुर्वेदको उपवेद धनुर्वेद, सामवेदको उपवेद गंधर्ववेद र अथर्ववेदको उपवेद स्थापत्यवेद गरी चार वटा उपवेदमा छुट्यार्इएको छ । वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो वेदबाट नै साभार गरेर अन्य  धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएको पार्इन्छ । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो। ऋग्वेदमा ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र देवलोकमा उनीहरूको स्थितिको वर्णन गरेको छ । यसमा देवताहरूको आह्वान गर्ने मन्त्रहरू छन् । यजुर्वेदमा कर्म, कर्मको प्रेरणा, यज्ञको अलावा तत्वज्ञानको वर्णन छ । यसमा यज्ञको असल प्रक्रियाको लागि गद्य मन्त्रहरू छन् । सामवेदमा रूपान्तरण र संगीत, सौम्यता र उपासना एवं विशेष गरी संगीतशास्त्रलार्इ समावेश गरिएको छ । यसमा यज्ञमा गाउनको लागि संगीतमय मन्त्रहरू छन् । अथर्ववेदमा ऋग्वेदका ऋचाहरू नै छन् । यसमा रहस्यमय विद्ध्याको पनि वर्णन गरेको पाइन्छ । यसमा जादू, चमत्कार, आरोग्य, यज्ञको लागि मन्त्रहरू छन् । उपरोक्त सबैमा परमात्मा, प्रकृति र आत्माको विशद वर्णन र स्तुतिगान गरिएको छ । यसबाहेक वेदहरूमा आफ्नो समयका महापुरूषहरूको महिमा, गुणगान एवं उक्त समयको सामाजिक,राजनीतिक तथा भोगोलिक अवस्थाको वर्णन गरेको पाइन्छ। वेदको सार उपनिषद र उपनिषदको सार ‘गीता’ लार्इ मानिन्छ। यस हिसाबले हेर्दा वेद, उपनिषद र गीता नै वास्तविक धर्मग्रन्थ हुन् । वास्तवमा वेदको अध्ययन मनन र अनुभूतिविना सनातन धर्मको महिमा र गरिमा बुझ्न र बुझाउन सकिँदैन । वेदले कुनै प्रकारको ऊँच-नीच, जात-पात, महिला-पुरुष आदिमा भेद गरेको छैन ।

जसरी मानव शरीरका लागि आँखा, कान, नाक, मुख, हात, खुट्टा हुन्छन् त्यसै गरी वेदका पनि शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, छन्द आदि विभिन्न अंगहरू मानिन्छ । उच्चारणको सम्बन्धमा दिइएका उपदेश शिक्षा हुन्, यज्ञयागादि कर्म सम्बन्धी उपदेश कल्प हुन्, शब्दहरुका बारेमा गरिएका विचार व्याकरण हुन्, शब्दको व्युत्पत्ति र अर्थका बारेमा गरिएका विचार निरुक्त हुन् । यज्ञयागादि गर्नलागि ठीक समयको बारेमा गरिएका विचार ज्योतिष हुन् र काव्यमा अक्षर र विराम बारेको ज्ञानलाई छन्द भनिन्छ । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। अर्को अर्थमा शिल्पशास्त्र वा स्थापत्य वेद  पनि भनिन्छ । शिल्पशास्त्र वा स्थापत्य वेद भनेको आजको वास्तु शास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आर्कीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास तीव्र रूपमा भइरहेको छ । यसरी वेदको अध्ययन कुनै रूढीवादी, ठग तथा भ्रम फैलाउने विद्ध्या नभएर जीवनको महत्व, गित, संगित, आधुनिकता, वस्तुनिष्ठ, ठोस, रोचक र ग्रन्थ हरूको पनि ग्रन्थ हो । वेदको ज्ञानले योग,ध्यान, निरोगी, आरोग्य, अर्थविद, ब्यापार व्यवसाय, हातहतियार,अस्त्रशस्त्र आदि थुप्रै ज्ञानको भण्डार निर्माण गर्न योगदान गर्दछ ।

वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तुशास्त्र वा शिल्पशास्त्र को वयान छ। शिल्पशास्त्र वा स्थापत्य वेद भनेको आजको वास्तु शास्त्र हो । यसमा नगर,शहर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरु र इञ्जिनीयरिंग तथा आर्कीटेक्ट लगायतका क्षेत्रमा वास्तुशास्त्रको धेरै महत्व छ ।  वास्तुशास्त्र वा शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ― देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख छ । यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ | वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ। अत: वास्तु विज्ञान कुनै पनि वासस्थान एवं पर्यावरणमा प्रकृति, प्रकृतिको घटक पञ्चतत्त्व पृथ्वी, जल, तेज, वायु र आकाशबीच समन्वय मिलाउँदै प्राकृतिक घटकहरूको शक्ति सन्तुलन गर्ने विज्ञान हो ।

वास्तुशास्त्रको वैज्ञानिक आधार भनेको प्रकृति, वातावरणमा रहने पञ्चतत्त्व, पृथ्वीको चुम्बकीय तरङ्ग एवं गुरुत्वाकर्षण शक्ति मात्र नभएर हाम्रो शरीरमा रहने चुम्बकीय ध्रुव, ऊर्जा शक्ति, सतह, उचाइ, ज्यामितीय आकार, चुम्बकीय दिशा, भौगोलिक दिशा, अंश विश्लेषण, सौर्य ऊर्जा, पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने विशेषता आदि हुन् । आजभोलि वास्तु अनुसार घर निर्माण हुने गरेको र त्यस्ता घरमा वस्दा छुट्टै आनन्द आउछ भन्नेहरू पनि धेरै पार्इन्छ । वास्तु अनुसार घर नबनाएकाहरूले भने यसको महत्व त्यति थाहा नहुन सक्छ । त्यसैले आजभोलि वास्तुशास्त्रको प्रयोग र महत्व बढ्दै गएको छ ।

वेदको अंगको रूपमा रहेको ज्योतिष शास्त्रमा वास्तु सम्बन्धी शास्त्रीय नीति नियमहरुको पालना कसरी गर्नुपर्छ भन्ने विषयहरुको वर्णन भएको पाइन्छ । ज्योतिष शास्त्र एउटा विज्ञान हो । ज्योतिष र वास्तु विषय फरक भए पनि यी दुई एक अर्काका परिपुरक हुन् । निर्माण कार्यमा विभिन्न स्थानहरुको निर्धारण कसरी हुन्छ भन्ने तथ्यहरु वास्तु शास्त्रमा पाइन्छ । वास्तुको विचार नगरी बनाइएको संरचनामा के कस्ता उपायहरु अपनाई वास्तु दोषलाई निवारण गर्न सकिन्छ भन्ने उपाय पनि वास्तु शास्त्रमा बताइएको हुन्छ । यसरी बनिसकेको संरचनामा पनि वास्तु दोष निवारणका उपायहरु गर्ने हो भने वास्तु दोष निकै कम हुने गर्दछ । शिलान्यास गर्ने बेला नै गर्नुपर्ने जग्गाको संशोधन भने पछि गर्न निकै कठिन हुन्छ । घर निर्माण कार्यमा सुत्ने कोठा, पढ्ने कोठा, पुजा गर्ने ठाउँ, पानीको ट्यांकी, ढोका, झ्याल, भान्सा, शौचालय तथा नुहाउने ठाउँ आदिको निर्माण वास्तु सिद्धान्तका आधारमा बनाउनु पर्छ । यसरी बनेको घर वा कार्यालयमा बस्नाले सुख र समृद्धि मिल्छ भनेर वास्तुशास्त्रमा वर्णन गरिएको छ ।

वास्तुशास्त्रको सिद्धान्त अनुसार बनाएको घरले त्यस घरमा बस्ने जो कसैलाई पनि राम्रो गर्दछ । वास्तु एक जनाको लागि मात्र नभएर सबैको लागि मिल्दछ । वास्तुशास्त्र बमोजिंम कुनै पनि संरचना बनाउँदा पूर्व तथा उत्तर दिशाको भाग खुल्ला अर्थात् होचो हुनुपर्दछ । पश्चिम तथा दक्षिण दिशाको भाग भने अग्लो हुनु नै राम्रो मानिन्छ । पूर्व तिरको बिच भागमा पानीको श्रोत, इनार, कुवा, धारो वा पानी ट्याँकी आदिको लागि राम्रो मानिन्छ । यस दिशामा प्राचिन जलका श्रोतहरु छन् भने त यसले मानिसलाई निकै समृद्ध बनाउने कुरा वास्तुशास्त्रमा लेखिएको छ। पूर्व र उत्तर दिशाको बिच भागलाई इशान कोण भनिन्छ । इशान दिशामा बनाइएका कोठाहरु सकेसम्म थोरै क्षेत्रफलको बनाउनु राम्रो मानिन्छ । यसको विपरित इशान कोणका कोठाहरु ज्यादै ठूलो भएमा पनि यसले त्यस घरमा बस्नेलाई अनेक प्रकारका समस्याहरु दिने वास्तु शास्त्रको मान्यता रहेको छ । इशान दिशालाई देवभूमी भनिन्छ । यस दिशामा देवताको पूजाआजा गर्ने ठाउँ बनाउनु पर्दछ । यदि घरको अन्य भागमा पूजा गर्ने ठाउँ बनाइएको छ भने पूजा स्थललाई इशानकोणमा नै ल्याउनुपर्दछ । त्यसैगरि अध्ययन वा पढ्ने कामकाजको लागि पनि इशान दिशा नै प्रयोग गर्नु पर्दछ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। इशानकोण देवताको स्थान भएकाले यस दिशामा फोहोरहरु राख्ने गर्नु हुँदैन । यस कोणलाई सँधै सफा राख्नाले घरमा सकारात्मक उर्जाहरु आउने वास्तुको मान्यता रहेको छ । साथै यस दिशामा अत्याधिक गह्रुङ्गो र धेरै भार भएका सामाग्रीहरु पनि राख्नु हुँदैन । यस दिशालाई सकेसम्म सफा र खाली नै राख्नु राम्रो हुने गर्दछ ।

वास्तुशास्त्रमा प्रकृति, वातावारण र ऊर्जाको उचित व्यवस्थापन प्राथमिकतामा राखिन्छ । यसमा भूमि, जल, वायु, अग्नि र ब्रह्माण्ड जस्ता पञ्चतत्वको विशेष भूमिका हुन्छ । पञ्चतत्वको व्यवस्थापन हुन नसकेमा मानव जातिको हानि हुने वास्तुशास्त्रमा विश्वास राख्नेको मत  छ । वास्तुशास्त्रलाई विज्ञानसँग पनि जोडेर हेरिन्छ । वास्तुशास्त्रमा विशेषगरी देवताको बास कुन स्थानमा हुन्छ भन्ने कुरालाई महत्वपूर्ण मानिन्छ । वास्तुलाई चार भागमा विभाजन गरिएको छ । ढोका, सुत्ने कोठा, भान्छा कोठा, पूजा कोठा, पूजा कोठाको व्यवस्थापनबारे यसमा उल्लेख गरिएको हुन्छ । यसअनुसार उत्तर–पूर्वमा पूजा कोठा राख्दा शुभ मानिन्छ । दक्षिण–पूर्वमा भान्छा कोठा र दक्षिण–पश्चिममा मुख्य शयन कक्ष राख्दा शुभ हुने वास्तुशास्त्रीहरूले उल्लेख गरेका छन् । वास्तुमा कुन स्थानमा कुन रङ प्रयोग गर्दा शुभ हुन्छ भन्ने पनि समावेश गरिएको हुन्छ । दक्षिणमा रातो, दक्षिण–पश्चिममा खैरो, पूर्वमा सेतो र उत्तर–पूर्वमा पहेँलो रङ शुभ हुने विश्वास गरिन्छ । वास्तु अनुसार जग्गा किन्दा सकेसम्म चारकुना मिलेको समतल हेर्नुपर्छ । जग्गा भिरालो क्षेत्रमा भए उत्तर वा पूर्व भिरालो हेर्नुपर्छ । वास्तुशास्त्रअनुसार ढोका पूर्व–उत्तर, भान्सा पूर्व–दक्षिणमा हुनु राम्रो मानिन्छ । पूर्व, ईशान र उत्तरमा देवशक्ति रहने भएकाले यस दिशामा पूजाकोठा, अध्ययन कक्ष लगायत निर्माण गर्नु राम्रो हुन्छ । वास्तुशास्त्रअनुसार आग्नेय, दक्षिण, नैर्ऋत्य, पश्चिम र वायव्य दिशामा कुनै पनि प्रयोजनका लागि खाल्डो बनाउनुहुँदैन । वास्तु भूमि, घरायसी, व्यावसायिक र धार्मिक गरेर चार प्रकारका हुन्छन् । परापूर्वकालदेखि नै भवन निर्माणमा वास्तुशास्त्रको प्रयोग हुँदै आएको छ ।

घर जिवनमा एक पटक बनाइन्छ । त्यसैले घर बनाउन अघि छड सिमेन्ट बालुवा तथा अन्य सामाग्री जस्तै घरको बास्तुमा पनि ध्यान दिन आवस्यक छ । वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ । यदि बास्तुशास्त्र अनुसार घर निमार्ण भएको छैन भने उक्त घरमा हुने शक्तिमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । बास्तुशाश्त्रमा प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ ।

कुनै पनि व्यक्तिले गृह निर्माण गर्न धेरै वर्षको मेहनत एवं पौरखबाट मात्र सम्भव हुन्छ । यदि त्यही कार्य नै गलत भए पश्चाताप बाहेक अरू केही हुँदैन । त्यसैले वास्तुशास्त्र अनुरूप घर बनाउनु उपयुक्त हुन्छ । घरको जग खन्नेदेखि झ्याल, ढोका राख्ने एवं आन्तरिक सजावटसम्म वास्तुशास्त्र अनुसार गर्नु पर्दछ । वास्तु अनुसार शयन कक्ष, स्नान कक्ष, भान्सा, बैठक, अतिथि कक्ष, अन्न भण्डार एवं भर्‍याङ आदि उचित ठाउँमा निर्माण गरे जीवनका हरेक आयामलाई सकारात्मक बनाउन सकिन्छ ।

वास्तुशास्त्रमा धेरै विषयको उल्लेख गरिएको पार्इन्छ । यद्धपि गृह निर्माणमा तत्काल ध्यान पुराउने विषय पनिछन् । जस्तैः सुत्ने कोठालार्इ घरको दक्षिण–पश्चिममा हुनुपर्छ । सुत्दा सिरानी दक्षिण दिशा र पैताला उत्तर दिशामा पारेर सुत्नुपर्छ । विद्यार्थीहरूले पूर्वी कोठामा पूर्व सिरानी गरेर सुत्नुपर्छ । नुहाउने कोठालार्इ जहिले पनि पूर्व दिशामा बनाउनुपर्छ  र नुहाउने कोठा र शौचालय सँगै राख्नुहुँदैन । शौचालय पश्चिम दिशामा अथवा उत्तर–पश्चिममा हुनुपर्छ । पानीका धाराहरू उत्तरी भित्तामा राख्नुपर्छ र झ्याल वा भेन्टिलेटर पूर्व वा उत्तरमा हुनुपर्छ । ओभरहेड ट्यांकी दक्षिण–पश्चिममा राख्नुपर्छ । खाना पकाउने भान्सा कोठालार्इ दक्षिण–पूर्वमा बनाउनुपर्छ । पूजाकोठाभन्दा माथि–तल, शौचालयभन्दा माथि–तल तथा सुत्ने कोठाको माथि–तल भान्सा बनाउनु हुँदैन । भान्सा कोठाको ढोका पूर्व, पश्चिम र उत्तरमा शुभ हुन्छ । भान्सा कोठाको डाइनिङ टेबल उत्तर–पश्चिम वा पश्चिम दिशामा रहनुपर्छ । खाना पूर्व फर्केर पकाउनु उपयुक्त हुन्छ । पाहुना सुत्ने कोठालार्इ उत्तर–पश्चिममा हुनु शुभ मानिन्छ । सामान्यतया यस्ता आधारभूत कुरालाई मिलाउँदा पनि सकारात्मक ऊर्जा प्राप्त हुन्छ र सन्तुलन मिलाउन पनि सकिन्छ । घरको मूलढोका र कोठाहरू प्रशस्त प्रकाश छिर्ने गरी निर्माण गर्नुपर्छ । उत्तर–पूर्व र दक्षिण–पश्चिम दिशा छाडेर भर्‍याङ बनाउनुपर्छ । घरमा मार्बल छापिएको छ भने मार्बललाई सुत्ने कोठा, नुहाउने कोठा तथा शौचालयमा प्रयोग गर्नु हुँदैन किनभने मार्बललाई हिन्दू धर्मशास्त्र अनुसार अत्यन्त पवित्र पत्थर मानिन्छ । शौचालयको प्यान वा कमोड उत्तर वा दक्षिण फर्किएको हुनुपर्छ । सेफ्टी ट्यांकी भने घरको उत्तर–पश्चिम वा दक्षिण–पूर्वमा राख्नुपर्छ । कुनै पनि घरको मूलढोका अर्को घरको मूलढोकाको सामुन्ने अगाडि हुनुहुँदैन । विद्यार्थीले पूर्व–उत्तर फर्केर पढ्नु उपयुक्त हुन्छ । बिमको ठीक तल बस्नु एवं सुत्नुहुँदैन । घरको अगाडि तुलसीको बोट लगाउनु शुभ हुन्छ । वर्षाको पानी, ढल आदि पूर्व–उत्तर दिशामा बगाउँदा शुभ हुन्छ । भर्‍याङमुनि पूजा कोठा तथा शौचालय बनाउनुहुँदैन ।

यसरी वास्तुशास्त्र अनुसार ढोका पूर्व–उत्तर, भान्सा पूर्व–दक्षिणमा हुनु राम्रो मानिन्छ । पूर्व, ईशान र उत्तरमा देवशक्ति रहने भएकाले यस दिशामा पूजाकोठा, अध्ययन कक्षलगायत निर्माण गर्नु राम्रो हुन्छ । वास्तुशास्त्र अनुसार आग्नेय, दक्षिण, नैर्ऋत्य, पश्चिम र वायव्य दिशामा कुनै पनि प्रयोजनका लागि खाल्डो बनाउनुहुँदैन । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। त्यसैले वास्तुको नियमको पालना गर्नु आवश्यक मानिन्छ । घर वा भवन जुनसुकै निर्माण गर्दा वास्तुको नियम अनुसार बनाउँनु पर्दछ । त्यस्तै घरको प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष गरि वास्तुको नियम अनुसार बनाईन्छ । वास्तु शास्त्रका अनुसार घरको मुल ढोका सुशोभित र अरू ढोकाको तुलनामा अग्लो वा ठूलो हुनुपर्छ ।

वेदका अंगहरू मध्ये ज्योतिषशास्त्र पनि पर्दछ । यसलार्इ वास्तविक विज्ञान पनि भनिन्छ । ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष एवं वास्तुशास्त्र प्राचीनतम, अनुभवसिद्ध हाम्रा पूर्वीय ऋषि, महर्षिद्वारा प्रतिपादित ज्ञानपुञ्ज हुन् । जुन शास्त्रलाई भवन निर्माण कला पनि भन्ने गरिन्छ ।  मानव र घर बीच जुन सम्बन्ध छ, ज्योतिष र वास्तुशास्त्रका बीच पनि अन्योन्याश्रित सम्बन्ध रहेको छ । । ज्योतिष एवं वास्तुशास्त्रको अनुसरण गर्नाले स्वास्थ्य, मानसिक शान्ति, सफलता सुख–समृद्धि पाउन सकिन्छ भने आफनो जीवनमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ । आज भोलि नपढेका ज्योतिषका नाममा लुट्रने, ठग्ने, मगन्तेजस्ताहरूले गर्दा ज्योतिषशास्त्रलार्इ गलत विचारले हेर्ने गरेको पार्इन्छ, तर वास्तविक रूपमा ज्योतिषशास्त्र भनेको  विज्ञान, कला, खगोलीय शिक्षा हो । यसमा गहिरो अध्ययन हुनु पर्दछ । सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेदमा वास्तुको पहिलो प्रयोग पाइन्छ । वैदिक कालमा पनि वास्तुशास्त्रको प्रयोग भएको देखिन्छ । वेदमा वास्तुकलाका कुशल कलाकारको रुपमा “त्वष्टा” को उल्लेख पाइन्छ । अन्य शास्त्रीय मतमा मयदानव,  देवल, ऋषिहरु, नारद आदि वास्तुविदहरुले यो परम्परालाई निरन्तरता दिएको पाइन्छ । विश्वकर्माले ब्रह्मा आदेशलाई पालना गरी विविध देव, नगर र पुरहरु निर्माण गरेको शास्त्र, पुराण, महाभारत आदि ग्रन्थमा उल्लेख छ । धर्म, अर्थ, काम र मोक्ष जीवनका चार ठूला लक्ष्य हुन् । यसलाई प्राप्त गर्न स्वस्थ्य शरीर, स्थिर मन र निर्मल बुद्धिको आवश्यकता पर्दछ । उक्त कुरा प्राप्तिका लागि वास्तु सिद्धान्त अनुरुप भवन निर्माण गर्नु पर्ने हुन्छ । ज्योतिषीय ज्ञानविना वास्तुशास्त्रको ज्ञान, उपयोग र प्रयोग अधुरो अपुरो नै मानिन्छ किनकि वास्तुशास्त्र र ज्योतिष शास्त्रको अन्तर सम्बन्ध रहेको छ । वास्तुशास्त्रलाई पनि ज्योतिषले पूर्ण प्रकाश पारेको छ । जमीन खरीद एवम् भवन निर्माण देखि लिएर गृहप्रवेश सम्म नै ज्योतिषको गरिमामय स्थान छ ।

वास्तु अनुसार घरमा रङ्रगले पनि प्रभाव पार्ने हुदा वास्तु अनुसार शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङ्गको प्रयोग गरेको उचित हुन्छ। बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ्ग प्रयोग गर्न उचित हुन्छ । भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ्ग लगाउनु राम्रो हुन्छ। बाथरूमका लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ्गहरु लगाउन उचित हुन्छ । घरको कुनै पनि स्थानमा कालो रङ्गको प्रयोग गर्नु उचित हुदैन । वास्तुशास्त्रलाई विज्ञानसँग पनि जोडेर हेरिएको हुदा वास्तु अनुसार उत्तर–पूर्वमा पूजा कोठा राख्दा शुभ मानिन्छ । दक्षिण–पूर्वमा भान्छा कोठा र दक्षिण–पश्चिममा मुख्य शयन कक्ष राख्दा शुभ हुन्छ । वास्तुमा कुन स्थानमा कुन रङ प्रयोग गर्दा शुभ हुन्छ भन्ने पनि समावेश गरिएकोले दक्षिणमा रातो, दक्षिण–पश्चिममा खैरो, पूर्वमा सेतो र उत्तर–पूर्वमा पहेँलो रङ शुभ हुने विश्वास गरिन्छ । वास्तुशास्त्रअनुसार ढोका पूर्व–उत्तर, भान्सा पूर्व–दक्षिणमा हुनु राम्रो मानिन्छ । पूर्व, ईशान र उत्तरमा देवशक्ति रहने भएकाले यस दिशामा पूजाकोठा, अध्ययन कक्षलगायत निर्माण गर्नु राम्रो हुन्छ । यसरी पूर्व, र्इशान वा उत्तरमा पूजाकोठा, दक्षिण–पश्चिममा सुत्ने कोठा र दक्षिण–पूर्वमा भान्छा कोठा प्रयोग गरी वास्तु अनुसार रङ्रगको प्रयोग गर्न सकेमा शुभ हुने वास्तुशास्त्र वा वास्तुकलामा उल्लेख गरिएको छ । गृहको सरसफार्इ र वास्तुले उल्लेख गरेका विषयमा ध्यान दिन सकेमा सकारात्मक वातावरणको श्रृजना हुने कुरामा विश्वास गर्न सकिन्छ ।


क्याटेगोरी : विचार/ब्लग/साहित्य
ट्याग : #bichar blog



तपाईको कमेन्ट लेख्नुहोस्