म शराबी शराबी नशामै जवानी ढल्किसकेछ

म शराबी शराबी नशामै जवानी ढल्किसकेछ।
म ढुङ्गा भए किनारमा र पानी छचल्किसकेछ।
दुस्मन सहन्छु झुक्दै झुक्दैन राष्ट्रका खातिर,
यात्रामा हिडेको दुस्मन म भित्रै पल्किसकेक।
विश्वास गर्नु ठूलो अभिषाप बन्दैछ जिन्दगीमा,
मेरो मेरो भन्दै हिडे ऊ भने अन्तै सल्किसकेछ।
हेर मुर्खता अरुको कोट्याउदै हिडोको यसरी,
उसको त्यो कालो कर्तुत पनि त टल्किसकेछ।
बिचरा! बूढो रुख रमाउदै गर्दैछ आत्मरतिमा,
अन्दाज रहोस् हावाले जरा सबै हल्किसकेछ।
२०७७/१२/११ महेन्द्रनगर
क्याटेगोरी : विचार/ब्लग/साहित्य
तपाईको कमेन्ट लेख्नुहोस्