Techie IT
मंगलबार, कात्तिक ४,२०७७

वायु प्रदूषण न्यूनीकरणमा कोभिड १९ वरदान साबित


नेपाललगायत विश्व समुदायमा रहेको कोभिड १९ को जोखिमपूर्ण अवस्थालाई क्रमशः न्यून गर्दै यसको त्रासबाट मानव समुदायलाई सकुशल मुक्ति दिलाउनु नै आधुनिक मानव सभ्यताको रक्षा गर्नु हो । प्रकोपजन्य अवस्था निदानका लागि स्वास्थ्यकर्मी एवं चिकित्सकको समुदाय निरन्तररूपमा आफ्नो कार्यक्षेत्रमा लाग्दै आएका छन् ।

जसका लागि राज्यका तर्फबाट आवश्यक सल्लाह एवं सहयोग प्राप्त हुँदै आएको छ । सोहीअनुरूप नागरिक स्वास्थ्यको रक्षाको लागि बन्दाबन्दीसम्बन्धी अवधारणाको विकास भएको पाइन्छ । जसको सकारात्मक पक्ष भन्नु नै वायुमण्डलमा रहेको प्रदूषणको मात्रालाई न्यूनीकरण गर्न केही हदसम्म कोरोना कहर लाभदायी सिद्ध भएको देखिन्छ ।

महामारीको यस घडीमा नेपालका साथै विश्व समुदायले वायु प्रदूषणको क्षेत्रमा उल्लेख्य सुधार आएको महसुस गरेका छन् । जसको प्रमुख कारक तत्वको रूपमा बन्दाबन्दीपूर्ण अवस्थालाई लिन सकिन्छ । किनभने यस समयमा उद्योग कलकारखानालगायतका सम्पूर्ण सेवा प्रदाय संस्थाहरू बन्द रहनुको साथै निश्चित मापदण्ड सहितका न्यून सवारी साधनको उपस्थितिले वायु प्रदूषणको क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गरेको पाइयो ।

विपरीत अवस्था पैदा भई प्रदूषित वायुको अत्यधिकताले भविष्यको कुनै कालखण्डमा यो विश्वब्रमाण्ड संसार मानिस एवं अन्य प्राणिजन्य समुदायको लागि बस्न अयोग्य रहनुको, साथै सम्बद्ध पक्षको अस्तित्व लोपको खतरा दैनिकरूपमा वृद्धि हुदै आएको छ भन्दा त्यति फरक नपर्ला ।

असामान्य रूपमा आकासगंगामा अन्य हानिकारक रासायनिक तत्व समाहित रहनु नै प्राण वायुको गुणस्तर खस्किएको अवस्था मान्न सकिन्छ । जसका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नगई रोग प्रतिरोधात्मक क्षमताको विकासमा समेत ह्रास आई जटिलभन्दा जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । कोभिड— १९ को प्रारम्भिक चरणपूर्व वायु एवं जल प्रदूषणको मात्रा कति रहेको थियो भन्ने तथ्यले प्रदूषण न्यूनीकरणको क्षेत्रमा निर्णायक भूमिका खेल्नेछ ।

ऋणात्मक अवस्थामा रहेको वातावरणीय प्रभावको दरलाई सुधार गर्न यसप्रकारका व्यवहार जायज मान्न सकिन्छ । उच्च गतिको संक्रमणको भयले मानव समुदायले आफ्नो दैनिकीमा सुधार गर्दै घरभित्रको साँघुरो घेरामा आफू र आफ्नो परिवारका सदस्यको जनस्वास्थ प्रतिअत्यन्त सयंमित एवं सम्वेदनशील भएर बसेकै कारण पूर्वानुमान गरीएको क्षतिको अनुपातमा मानिसको मृत्युदर अझै पनि न्यून रहेको मान्न सकिन्छ । तथापि मृत्युलाई कुनै पनि हालतमा अवमूल्यन गर्न अवश्य पनि मिल्दैन ।

अतः गुण र दोषको आधारमा प्रदूषणको दर निर्धारण गरीने हँुदा संक्रमणको दोषरहित वस्तुस्थितिलाई आवश्यक मूल्यांकन गर्नुपर्नेछ । जसअनुसार सम्बद्ध क्षेत्रहरूमा प्रकोपको सुरुवातमा वायु एवं जलप्रदूषण कुन अवस्थामा रहेको थियो भन्ने तथ्यगत प्रमाणलाई तुलनात्मक रूपमा अध्ययन गर्दै नियन्त्रणका क्षेत्रमा भावी रणनीतिहरू तर्जुमा गर्न सहज हुने देखिन्छ ।

यस प्रकारका व्यवहारले प्रदूषण न्यूनीकरणको क्षेत्रमा उपलब्धिमूलक नतिजा हासिल गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । वातावरणीय प्रदूषण न्यून गर्न मानिसले आफ्नो दैनिकीमा अवश्य पनि संयमता अपनाउँदै व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ । किनकि प्रदूषणको प्रमुख कारक तत्वको रूपमा मानवीय व्यवहारलाई लिन सकिन्छ ।

यसका अतिरिक्त दिनहुँ सडक क्षेत्रमा परिचालनमा आउने सवारी साधनले उत्पन्न गर्ने प्रदूषित धुलो, धुँवा तथा अलकत्राको कारण प्रदूषणको गतिमा तीव्रता ल्याउन मदत पुग्नेछ । त्यसो भएकोले वातवरणमा पार्ने नकारात्मक प्रभावको दूषित जालोबाट पृथक रहन हरेक सवारीधनीले आफ्नो साधनलाई चुस्तदुरुस्त अवस्थामा राख्नुपर्नेहुन्छ । जसअनुसार राज्यले निर्धारण गरेको वायु मापनको क्षेत्रमा उल्लेख्य सकारात्मक परिवर्तनका लक्षणहरू स्वतः देखापर्नेछ ।

आजको प्रमुख चुनौतीको रूपमा प्रदूषित वातावरण–वायुलाई लिन सकिन्छ । यसका बाबजुद पनि व्याप्त कोभिड १९ को प्रभावको कारण स्वच्छ वायु मण्डलको विकासको सम्भावना क्षणिकरूपमा नै किन नहोस् मूर्तरूप धारण गरेको पाइयो । कोभिडको प्रभावस्वरूप हाल कायम रहेको वायुको शुद्धतालाई दीर्घकालसम्म चीरस्थायी राख्न हरेक तह र तप्काबाट सदैव रचनात्मक सहयोगको खाँचो रहन्छ ।

बर्सेनि विश्वमा लाखौँ मानिसहरू प्रदूषणको शिकारमा पर्ने तथ्य बाहिरिएको छ । यद्यपि प्रदूषणरहित स्वस्थ्य वायुले महामारीविरुद्धको यस लडाइँमा सकारात्मक छाप छोड्न भने अवश्य पनि सफल रहेको पाइयो । सफाइसम्बन्धी चेतनाको अभावमा वायुमण्डल धुमित हुने क्रममा वृद्धि भई प्राणीमात्रको मृत्यूदरको सम्भावना अस्वाभाविक रूपमा दैनिक वृद्धि हुने क्रममा रहेको छ ।

यसका अतिरिक्त कारखानाहरू बाट निस्कने रसायनयूक्त वातावरणले यस क्षेत्रमा नकारात्मक प्रभावको डेरा जमाउने हुँदा सञ्चालनको लागि आवश्यक सहमति, अनुमति प्रदान गरिँदा मानव बस्तीभन्दा भिन्न क्षेत्र निर्धारण गर्ने परीपाटीको विकासले प्रदूषणमुक्त सहरीकरणसम्बन्धी अवधारणा सफलीभूत हुने देखिन्छ ।

त्यसो भएको हुँदा सुधारका लागि जनस्तरमा नै प्रभावकारी सूचनामैत्री अवधारणाको विकासद्वारा समूह–समूहलाई नै साक्षर गराउनुपर्नेहुन्छ । यसका बाबजुद राज्यले अख्तियार गरेको कोभिड –१९ को नकारात्मक प्रभाव न्यून गर्नको लागि चालेको हरेक कदमले यस क्षेत्रमा निकै सुधार आएको भन्ने तथ्यांकले आँैल्याएको वर्तमान अवस्था हो ।

नागरिक स्वतन्त्रताको नाममा लकडाउनलाई क्रमशः खुकुलो पार्दै जनस्वास्थ्यको क्षेत्रमा रचनात्मक प्रविधि अपनाउन नसक्ने हो भने मानिसको मृत्यूदरमा अपत्यारिलो किसिमले वृद्धि हुने तथ्यलाई नकार्न मिल्दैन । वायु प्रदूषणको अतिरिक्त वातावरणिय क्षेत्रमा पनि नकारात्मक प्रभाव पार्दै आम—जनमानषको स्वास्थ्य सुरक्षा संम्बेदनशिलताको क्षेत्रमा ऋणात्मक असर दर्शाउनेछ । यही त्यो कारक तत्व हो जसले अनियन्त्रित गतिमा प्रदूषणको दरमा तीव्रता ल्याउनेछ ।

जसले धेरै हदसम्म मानव समुदायको ज्ञानेन्द्रीयमा असर पार्ने हुँदा सुरक्षित रहनुपर्नेहुन्छ । त्यसो भएकोले ग्लोबलवार्मिङको नीतिअनुसार पृथ्वीको औसत तापक्रममा आएको वृद्धिपनलाई न्यूनीकरण गर्न वातावणीय हरितगृह प्रभावकारी माध्यम बन्न सक्नेछ भन्दा त्यती फरक नपर्ला । होइन भने ग्लोबलवार्मिङको प्रभावस्वरूप मौसममा अप्रत्यारिलो परिवर्तनको सम्भावनालाई नकार्न मिल्दैन ।

यसका अतिरिक्त घरेलु क्षेत्रमा दैनिक प्रचलनमा आउने इन्धनजन्य वस्तुबाट उत्पादित हुने प्रदूषणले आन्तरिक एवं बाह्य वातावरणको क्षेत्रमा नकारात्मक असर पार्नेछ । प्रदूषणयुक्त वायुको अत्यधिकताले मानव समाजमा ऋणात्मक प्रभाव पार्ने हुँदा बेलामै सर्तकता अपनाउनु वायुप्रदूषण संरक्षणमा जोड दिनु हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्