Techie IT
बिहीबार, माघ १५,२०७७

सद्भावना- कविता


दीर्घायू रहनू, सदा खुस हुनू, भू-स्वर्गमा चम्किनू।
सारा लोक हसाउनू, मत लिनू, गन्तव्यमा लम्किनू।

पीडा दोष कदापि देख्न नपरोस् दुर्भाग्यको नास होस्।
हे प्रभो! शिव राम लौ भनिदिए लक्ष्मी सधैं साथ होस्।

कीर्ती फैलिरहोस् सदा विजय होस् शत्रुत्त्वको नास होस्।
माता आशिष देउ आउ मनमा आनन्द आभास होस्।देवीको मन झैँ पवित्र मन होस् आकाश झैँ टल्कियोस्।
यो मेरो मनको पुकार बुझियोस् आत्मा भरी छल्कियोस्।

कालो बादल झैँ छ भाव मनको फाटेर त्यो चूर्ण होस्।
चाहेको मनले पुगोस् जगत नै सम्पूर्ण झैँ पूर्ण होस्।
आफ्नो नाम कमाउनू अझ तिमी यो देश यो लोकमा।
आत्माले मनले भने वचनले बस्नू नहोस् शोकमा।

गोडाले नहिँडे सकिन्छ कसरी यात्राहरू आखिर
सामुन्ने कहिल्यै नि झुक्न नपरोस् दोषी नहोस् तक्दिर।
यो भन्दा म बढी भनू र कसरी के भन्न बाकी रह्यो।
तिम्रो आयु रहोस् युगौ युग खडा आफू भए झै भयो।


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्