नारा बाँड्यौ भोको पेट मा खाना बाँडेनौ- गजल

नारा बाँड्यौ भोको पेट मा खाना बाँडेनौ
भाषण छाँट्यौ ओत लाग्ने छाना बाँडेनौ
लिपुलेक लिम्पियाधुरा नेपाल को भूभाग
जनता माझ चुच्चे नक्सा का पाना बाँडेनौ
सरकार कृषि प्रदान देश मा कृषक लाई
पर्याप्त मल बिउँ बिजन का दाना बाँडेनौ
सत्ता मा पुग्न भत्ता पचाउन जे पनि गर्यौ
पार्टी पर्चा बाँड्यौ राष्टिय गाना बाँडेनौ
भष्ट्रचारी दलाल यौँन पिचास समाउने
शान्ति सुरक्षा दिने पुलिस ठाना बाँडेनौ
क्याटेगोरी : विचार/ब्लग/साहित्य
तपाईको कमेन्ट लेख्नुहोस्