मुल्य

तातोपानी ,सुर्खेत ।
म खुद्रा पसल हुँ
म खुद्रा पसल हुँ
मलाई थोरै थोरै मुल्यमा
खाली बनाएर जान्छन
ग्राहकहरू,
हरेक सामानको मूल्य घटाउन खोज्छन
बस्तुको मुल्य बढायो
ग्राहक महँगो भनेर जान्छ
मुल्य घटायो
गुणत्व माथि प्रश्न उठाएर जान्छ
ग्राहकको आबश्यकता र मुल्य
कहिले एकनास हुन सकेन
खैर,
एकदिन कसैले सोध्यो,
दाई के यहाँ
दुखेको मनलाई मलम
फाटेको सम्बन्धलाई सिलाउने सियो धागो
गिरेको अस्तित्वबाट बचाउने नजर
अनि हिजोलाई देख्न पाउने टाईम मेसिन
किन्न पाईन्छ ?
मैले जवाफमा
एक अन्जुली आँशू सहितको
उत्तर दिए,
पाईन्छ भाई पाईन्छ।।।
समय ,मान्छे र जीबन
याद ,सोच र परिस्थिति
यि नै हुन तपाईलाई आबश्यक चिजहरु
जुन अमुल्य छन ।
क्याटेगोरी : विचार/ब्लग/साहित्य
तपाईको कमेन्ट लेख्नुहोस्