Techie IT
बिहीबार, माघ १५,२०७७

आँसुले लेखेर चिट्ठीमा पीडा अनि रहर पठायो- गजल


अलिकति केटाकेटीलाई भनेर खर्च घर पठायो।

आफू भने यसपालि नि नआउने खबर पठायो।

 

टाढा हो तर माया मारेको पटक्कै होइन उसले

आँसुले लेखेर चिट्ठीमा पीडा अनि रहर पठायो।

 

कसले भन्छ उसले देशलाई माया गर्दैन भनेर,

खाडीमा बगायो पसिना र देशलाई कर पठायो।

 

भर्खर भित्र्याएको दुलही छोडेर गएको हो ऊ,

आफू फर्किन पाएन याद भने सरासर पठायो।

 

किन दु:ख दिन्छ भगवानले भेटे सोध्ने मन छ

यसमै छ ईश्वर भनेर किन फेरि पत्थर पठायो।

 

मेरो हत्यारा पनि निर्दोष देखियो प्रमाण बिना

कसले देख्छ यादहरू नै बनाएर जहर पठायो।

 


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्