Techie IT
बिहीबार, माघ १५,२०७७

प्रेम बिनाको महल पनि सम्सान जस्तै लाग्छ-गजल


प्रेम बिनाको महल पनि सम्सान जस्तै लाग्छ।
सायद प्रेममा पीडा पनि बरदान जस्तै लाग्छ।

सफर होस कुरा बुझ्ने मित्रहरू संग यति भए,
कठिन यात्रा जिन्दगीको आसान जस्तै लाग्छ।

तिमी मुलधारको मान्छे म मोफसलको मनुवा
तिमीलाई सायद म बिचरो नादान जस्तै लाग्छ।

भेलमा पौडिन सिक्यौ तिम्रो कुनै दोष लाग्दैन
निष्कपट मान्छे खै कहाँ इन्सान जस्तो लाग्छ।

के दृष्टि दोष भएछ देखैनौ शकुनी सलाहकार
ढुङ्गा उचाल्नेहरु किन पहलवान जस्तो लाग्छ।

घिउ बेच्ने र तरवार बेच्नेको कथा जस्तै त हो,
प्रष्ट बुझिएको छ कुर्सी तानातान जस्तै लाग्छ।


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्