Techie IT
बिहीबार, माघ ८,२०७७

“कोभिड–१९ को माहामारीमा, खाद्यान्न आत्मनिर्भरताको महत्व”


कोभिड–१९ रोग एउटा भाइरल रोग हो । चिनको वुहानबाट डिसेम्बर २०१९ मा देखिएको यस रोगले अहिले माहामारीको रुप लिएको छ । हाल विश्वका सबै देशहरु यस माहामारीबाट ग्रसित छन् । विश्वमा यस विनाशकारी माहामारीको कारणले गर्दा विश्वका धेरै देशहरुको आर्थिक स्थिति खस्कदै गएको छ साथै मानविय क्षति पनि बेहोर्नु परेको छ । विश्वकै शक्तिशालि ठानिएको देश सयुक्ंत राज्य अमेरिका पनि यस माहामारीको चपेटामा परेको छ । यस रोगको फैलावटको नियन्त्रणको लागि विश्वभरि नै लकडाउन गरिएको छ । अन्तराष्ट्रिय हवाइ सेवा, व्यापार व्यवसाय तथा आयात–निर्यात सबै बन्द गरिएको छ । हाम्रो देश नेपालमा पनि यस माहामारीको नियन्त्रणका लागि देशभरि नै लकडाउन गरिएको छ । लकडाउनले गर्दा मानिसहरु घरभित्रै बस्न बाध्य छन् । मानिसहरुले आफ्नो दैनिक क्रियाकलापहरु गर्न पाएका छैनन् जसले गर्दा तिनिहरुको आम्दानिमा ह्रास आएको छ । विद्यालय, करकारखाना, उद्योग व्यापार सबै बन्द भएका छन् । सहरका मानिसहरु गाँउमा फर्र्किएका छन् र विदेशिएका नेपालीहरु नेपालमा फर्किने क्रम पनि बढ्दो छ । यसले गर्दा आउदो दिनमा खाद्यान्नको माग बढ्नेछ । यस माहामारीको कारणले गर्दा कृषि क्षेत्र पनि प्रभावित भएको छ । समयमा बिउविजन, मलखाद र अन्य सामाग्रीहरुको उपलब्ध हुन सकेको छैन । जसले गर्दा कृषिजन्य उत्पादनमा कमि आउने निश्चित छ । जसले गर्दा निकट भविष्यमा खाद्य संकट आउन सक्ने सम्भावना बढेको छ ।

हाम्रो देशको कुल जनसङ्ख्याको ६०.५% कृषि क्षेत्रमा सङ्लग्न भएतापनि हामीलाई बर्षभरि खान पुग्ने खाद्यान्न उत्पादन हुदैँन । वर्षेनि हामीले अरबौ रुपियाको खाद्यान्न हाम्रो छिमेकि राष्ट्र भारत र अन्य मित्र राष्ट्रहरुबाट निर्यात गछौँ । यस विनाशकारी माहामारीको समयमा हाम्रो छिमेकि राष्ट्रहरु पनि यस्तै समस्याहरु झेलीरहेका छन् र त्यहाँको उत्पादनमा कमि आउन सक्ने सम्भावना पनि बढि छ । यस समयमा, मित्र राष्ट्रहरुबाट सहयोग पाउने र खाद्यान्न आयात गर्न सक्ने अवस्था छैन । त्यस कारणले गर्दा हामी खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ । खाद्यान्नमा आत्मनिर्भरता भनेको देशमा रहेका सम्पुर्ण मानिसहरुलाई वर्षभरि खान पुग्ने खाद्यान्न उत्पादन गर्नु हो । यदि हामी यस विनाशकारी माहामारीको समयमा आत्मनिर्भर हुन सकेनौँ भने खाद्यान्न संकट भई भोकमरी लाग्ने ठूलो सम्भावना छ । हाम्रो देशलाई भोकमरीबाट बचाउनका लागि कृषिको उत्पादनलाई बढाई आत्मनिर्भर हुनुपर्छ । कृषि क्षेत्रको उत्पादन बढाउनका लागि हामिले निम्नलिखित क्रियाकलापहरु गर्न सक्छौँ ।

– बसाइसराइले गर्दा गाँउघर र पहाडी क्षेत्रमा खेतियोग्य जमिनहरु बाँझो छोेडिएका छन् । बाझाँे छोडिएको जमिनमा खेति गर्ने,
– खाली भएको समयलाइ फलफुल तरकारी लगाउनमा प्रयोग गर्ने,
– जमिनको उत्पादकत्व बढाउनका लागि भान्साबाट निस्किएको फोहोरको प्रयोग गरि कम्पोष्ट मल बनाइ प्रयोग गर्न सक्छौँ । साथै रासायनिक मलको प्रयोग सहि तरिकाले र सहि समयमा गर्नुपर्छ ।
– बढि उत्पादन दिन सक्ने जातको छनोट गरि बालि लगाउनु पर्छ ,
– लगाएको बालीलाई रोग, शत्रु र किराबाट बचाउनु पर्छ,
– सिचाँइ र निकासको व्यवस्था मिलाउनु पर्छ,
– उत्पादन गरिएको खाद्यान्नलाइ भण्डारण गरि किराहरुबाट बचाउनु पर्छ ।


क्याटेगोरी : विचार/ब्लग/साहित्य



तपाईको कमेन्ट लेख्नुहोस्