Techie IT
मंगलबार, कात्तिक ४,२०७७

कोरोना संक्रमितको १४ दिने अनुभवमा यसको असर र बच्ने उपाय


काठमाडौं । कोभिड अर्थात कोरोना यतिबेला नेपाल खासगरि काठमाडौंमा तिब्र गतिमा संक्रमण बडिरहेको छ । एकाथरि कोरोना केहि होइन र अर्कोथरी कोरोना खतरनाक रोग हो भनेर गफ चुट्नेहरु अहिले चिया पसलहरुमा प्रशस्त छन् । खासमा कोरोना के हो भन्ने अहिले सम्म बैज्ञानिक प्रमाण फेला परेको तथ्य सार्वजनिक भएको छैन । आज म कोरोना संग मेरो १४ दिनको अनुभव यहाँहरुलाई सबिस्तार भन्नेछु ।

पहिलो दिन ज्यान गलेको भारी भएको अनुुभव भयो । दोस्रो दिन झनै भारी भयो ज्यान उठ्नै मन लागेन । मैले आइतबार अलि धेरै काममा दौडधुुप गरेको थिए त्यसैले सोचे यो सामान्य हो भोलि ठिक हुन्छ । भोलिपल्ट पनि ठिक भएको थिएन बरु अझै थप समस्याहरु देखिन थाल्यो । खाना खान मन नलाग्ने, खाए पनि बमिट होला जस्तो हुने भयो र त्यसको अर्को दिन खानाका स्वादहरु हरायको थियो ।

त्यसपछि घरमा सल्लाह पनि भयो ओहो कोरोना पो हो कि । बिहिवारसम्म खानामा स्वाद थिएन, रुची थिएन तै पनि यो कोरोना होइन भन्नेमा थिए म । किनभने कोरोनाका बिरामी संग मेरो भेट भएको थिएन र म संधै जहाँ जाँदा पनि बिशेष ख्याल गर्थे । संधै माक्स र हातमा सेनिटाइजर लगाइरहन्थे । अब कोरोना कसरि लाग्छ । पछाडी ढाडमा चिटचिट गथ्र्यो कहिलेकाँकी, रातीमा पसिना मज्जाले आउँथ्यो त्यसैले गर्मि पो भयो कि भनेर पनि सोचियो । अनि खानामा बल गरियो जसरी तसरि खाना मजाले खाने निर्णय गरेर खानामा बल गरे ।

भोलिपल्टबाट क्रमश कम हुँदै गयो । ज्यान ठिक हुँदै आयो भने खानामा रुची हुँदै पनि आयो । अब मलाई ठिक हुन्छ भन्ने मलाई थाहा भैसकेको थियो र क्रमश ठिक हुँदै गयो । म फिट पनि भए । अब त अफिस जान पर्छ भन्ने निर्णयमा पुग्दा कोरोनाको रिपोर्ट पोजिटिभ आयो । शरिर फिट भए पनि कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि मनमा अलि डर भएको फिल गरे ।

तर आफुले आफुलाई सम्हाले घरमा संधै म ठिक छु भने र आफ्नो आत्मबल बढाए । रिपोर्ट पोजिटिभ आएपछि डाक्टरसंग सल्लाह गरौं भनेर आफैं बाइक चलाएर टिचिङ अस्पताल गए । मैले टिचिङको कोभिड वार्डमा गएर भने मेरो रिपोर्ट पोजिटिभ आयो के गर्ने । त्यत्रो कोभिड वार्डमा एक जना मात्र नर्स हुनुहुन्थ्यो । उहाँले केहि हुँदैन अस्पताल भन्दा घरमा नै ठिक हुन्छ ज्वरो आएपछि सिटामोल खानुस भन्नुभयो र म संग बिदा लिगेको जस्तो व्यवहार गर्नुभयो ।

त्यसपछि बाहिर आएर चिनेको डाक्टरलाई फोन गर्दै थिए संयोगले डाक्टरसंग गेटमै भेट भयो । उहाँलाई सविस्तार भने दिन सहित लक्षण सहित । उहाँले भन्नुुभयो तपाईजस्तो फिट मान्छे डराउनुभयो, आतिनुुभयो भनेत खत्तम भइहाल्योनी । केहि हुँदैन नआतिनुस सायद तपाईको १–२ दिनमानै नेगेटिभ आइहाल्छ तै पनि फेरि चेक गर्नुपर्दैन १४ दिन पछि हिड्नुस ।

१४ दिन पछि पोजेटिभ नै आएपनि त्यसले केहि असर गर्दैन कसैलाई सर्ने पनि हुँदैन । त्यसपछि थप आत्मबलले म घर आए । हामी बस्ने फ्याल्टको ढोकानै बन्द गरेर बस्यौ । यस दिनबाट खानपानमा बिशेष ध्यान दिन थाले । खानामा सुप, तातो पानी, अण्डा, मासुु, फलफुल, टिमुर र अदुवा हालेको कालो चिया, खाना आदी । बेसार पानी खाने र बाफ लिने काम चाहिँ भएन म बाट ।

कोरोना पोजिटिभ घाममा बस्ने, सरसफाइ तातो पानीले नै गर्ने गर्नु पर्दछ भन्ने मैले कता कता पढेको थिए । तर म घाममा भने बसिन । म सधैं बाहिर हिड्ने मान्छे यति लामो समय घरमा बस्दा र घाम नदेख्दा बरु घुँडा दुख्यो । मैले मलाई सन्चो नभए देखि नै आफुलाई एक्लो राख्ने कोसिस गरे । छोरीलाई आफुले नसमातेको नै आज १८ दिन भएछ ।

आज आफ्नो मामुसंग सुटुक्क भन्दै थिन रे म बाबाको काखँमा बस्न कहिले पाउँछुु भनेर । हिजो आज घाँटि घोच्छ बेला बेलामा । कहिले कुना कहिले छेउ तल माथी गरेर । सियो ले नै घोचेको जस्तो हुन्छ । कोरोनालाई हलुका संग नलिनुहुन म सबैलाई अनुरोध गर्दछु । यो एउटा कडा रोग हो । यसले तपाईको शरिरलाई शिथिल बनाउँछ ।

कोरोना संग जुध्न सरकारको नयाँ नयाँ नियमहरु आएर पनि सर्वसाधारणहरुलाई अन्याय गरेको छ । सुरुमा आर्मी आयर एम्बुलेन्स लेराएर पुलिसले घेरेर लाने कोरोना संक्रमितहरुलाई अहिले लागे पनि मतलब छैन । अहिले लाग्यो भने सरकारले गर्ने भनेको १ कल फोन हो त्यहि पनि तपाईको स्थायी अस्थायी सबै ठेगानाहरु बिस्तृतमा राख्न मात्र नभए त्यहि फोन पनि आउँदैनथ्यो । अहिले पछिल्लो पटक सरकारको निर्णय भनेको पोजेटिभ आएको १४ दिन घरमै बस, त्यसपछि फेरी चेक नगरि जतासुकै जाउ केहि भएन तपाईबाट अरुलाई कोरोना सर्दैन ।

अस्पताल बस्नेलाई पनि अहिले पुन चेक गरिदैन १४ दिन पछि सिधै डिष्चार्ज हो । अब यसको औषधी पनि छैन अनि लागेपछि मुक्त भए कि भनेर चेक पनि गराउनुपर्दैन भने यो कोरोना लाग्यो लागेन भनेर चेक गर्नुको अर्थ के छ ? हुन त यो नियम नेपालमा मात्र होइन कतिपय अन्य देशहरुमा पनि यस्तै छ ।

मेरो बिदेशमा रहेका साथीहरु भन्दै थिए उनिहरुको देशमा पोजेटिभ आएको १० दिन सम्म ज्वरो नापेर राख्ने र १० दिनसम्म शरिरको तापक्रम घटबढ भएन भने १० दिनमा फेरी पिसिआर नगरि डिष्चार्ज । हामी बच्चालाई गा-हो हुन्छ है जोगाउ है भन्छौं खासमा बच्चा र बुढोको लागि छुट्टा छुट्टै भाइरस बनेको छैन जसले मान्छे चिनोस र काम गरोस । बच्चाले भन्न सक्दैनन् सहन सक्दैनन् भनेर मात्र हामी बच्चालाई जोगाउन पर्छ भन्ने मान्यतामा छौ ।

हालसालै टिचिङ अस्पतालमा १४ दिन बसेर निस्कनुुभएको कसैको पनि दोस्रो पिसिआर सरकारले गरेको छैन अब नेगेटिभ भयो भनेर कसरी थापा पाउने । मैले पनि मेरो १४ दिन भयो फेरी पिसिआर गर्न प-यो भनेर सरकारी मुख ताके उताबाट उत्तर आयो तपाईले सरकारी त के प्राइभेटमा गर्नुभयो भने पनि तपाईलाई कारबाहि हुन्छ, अहिले सरकारको नियम दोह्रायर गर्ने छैन । त्यसपछि नीजि प्रयोगशालाको मुख ताक्नुप-यो ।

यो बिचमा अपार मायाको लागि सबैप्रति आभारी छु ।


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्