Techie IT
१४ मंसीर २०७९, बुधबार

हिमाल आरोहणमा बढ्दो आकर्षण


काठमाडौं । हाम्रो देश नेपाल हिमाल आरोहणका लागि विश्वकै आकर्षक देशहरूमा पर्छ । त्यसैले त हाम्रो देश नेपालमा विश्वकै नामुद पर्वतारोहीहरू हरेक वर्ष विश्वकै अग्ला हिमाल सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्नका लागि आउने गरेका छन् । हुन पनि नेपालबाहेक पाकिस्तान, चीन, भारत आदि देशमा पनि अग्ला आठ हजारदेखि सात हजार मिटर अग्ला हिमालहरू रहेका छन् । त्यसैले गर्दा पनि युरोप, अमेरिकालगायत देशका ‘मै हुँ’ भन्ने विश्वविख्यात जो–केही पर्वतारोहीहरू पनि नेपाल, पाकिस्तान, चीन (तिब्बत) भारत आदि देशमा रहेका आठ हजार र सात हजार मिटरमाथिका हिमाल आरोण गर्न नआई उनीहरूको नाम उँचो विश्वमा रहँदैन, उनीहरू विश्वका प्रसिद्ध र नामुद पर्वतारोही हुन् भनी कहलिएको पर्वतारोहीमा दरिँदैैैनन् । सोही कारणे गर्दा पनि उनीहरू नेपालमा रहेका हिमाल आरोहण गर्न वर्षेनी आउने गरेका हुन् । त्यसैले गर्दा पनि नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीका लागि हिमाल आरोहणबाट विगत लामो समयदेखि राम्रो र दिगो आयस्रोतको माध्यम भएको छ । हुन पनि वर्षेनी विभिन्न देशका हजारौँ पर्वतारोही नेपालका ससानादेखि लिएर ठूला सयौँ हिमाल आरोहण गर्नेगरेका छन् ।

नभन्दै सन् २०२२ (विसं २०७८/०७९)को शरद ऋतुमा मात्रै नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि १२ सय ३८ जना पर्वतारोहीहरले अनुमति लिएका थिए । तीमध्ये लगभग ३० प्रतिशत पर्वतारोहीहरूले मात्रै सफलता प्राप्त गरेका छन् । पर्वतारोहण क्षेत्रमा अरु वर्षहरूको तथ्य–तथ्यांकभन्दा फरक तथ्य–तथ्यांक आएको देखिन्छ । उदारहणका लागि गत असोज २८ गते प्रकाशित तथा प्रशारित नेपालका धेरैजसो दैनिक पत्रपत्रिका, अनलाइन न्यूजपोर्टल, एफएम रेडियो, ब्लग आदिमा राष्ट्रिय समाचार समिति (रासस)लाई उद्धृत गर्दै लेखेको, प्रशारण गरेको समाचारमा जनाइएअनुसार सन् २०२२ (यो वर्ष)को शरद ऋतुमा ३४ वटा हिमाल आरोहणका लागि ६८ देशका एक सय एक समूहका १२ सय ३८ (कुनैकुनै अनलाइनल ९०४ र कुनैले ९०८ लेखेका छन् ।) जना विदेशी पर्वतारोही आएका छन् । नेपाल सरकारले हालसम्म नेपालका चार सय १४ वटा हिमाल मात्रै पर्वतारोहण गर्नका लागि खुलाएको छ । भनिन्छ, अझै पनि नेपालका विभिन्न हिमाल चढ्नका लागि विदेशी पर्वतारोहीहरूले अनुमति लिइरहेका छन् ।

तथापि नेपालमा रहेका हिमालहरू आरोहण गर्नका लागि विदेशी तथा स्वदेशी पर्वतारोहीहरूबीचमा आकर्षण बढेको बढ्यै देखिन्छ । यसरी तथ्यांक हेर्दाखेरी यो वर्षको शरद ऋतु (हालै सम्पन्न)मा गएको वसन्त ऋतु (सन् २०२२ को) को सिजनमा भन्दा केही बढी संख्यामा पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ । जस्तो गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि विभिन्न देशका ८९९ जना पर्वतारोहीहरू नेपाल आएका थिए । उनीहरूले गत वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएबापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजार सलामी दस्तुरबापत (राजस्व) मात्रै तिरेका थिए ।

तर, अचम्म के भने, यो वर्षको शिशिर ऋतुमा चाहिँ ९०८ जना विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसो भए पनि हिमाल आरोहणबाट हुने सरकारी कमाइ अर्थात् राजस्व (सलामी) चाहिँ लगभग सात गुण कम भएको छ । यसरी सलामी दस्तुरको आधारमा भन्ने हो भने वसन्त ऋतुमा शिशिर ऋतुमा भन्दा कम्तीमा पनि ४/५ गुणादेखि लिएर १३/१४ गुणसम्म बढी आम्दानी हुन्छ, नेपाल सरकारलाई ।

हो, अब प्रश्न उठ्छ, शिशिर ऋतु र वसन्त ऋतुमा पर्वतारोहण क्षेत्रबाट सरकारले गर्ने कामइमा किन यति धेरै फरक हुन्छ ? यसको मुख्य कारण हो, विश्वकै अग्लो सगरमाथा हिमाललगायत धेरै सलामी दस्तुर उठ्ने हिमाल आरोहण गर्नका लागि विदेशी पर्वतारोहीका लागि शिशिर ऋतुभन्दा वसन्त ऋतु उत्तम समय मानिन्छ । त्यसैले धेरै जसो विदेशी पर्वतारोहीहरू नेपाल रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि वसन्त ऋतुमा आउने गरेका छन् । हुन पनि विगत वर्षहरूको तथ्य–तथ्यांकहरू हेर्ने हो भने, कतिपय वर्षको शिशिर ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरि, चोओयुलगायत आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि एउटै टोली पनि नआएको तथ्यांक रहेको छ । अझ विश्वको अग्लो हिमाल सगरमाथा हिमाल त लगातार ९, १०, ११, १२, १३,…वर्षसम्म पनि नआएको तथ्यांक रहेको देखिन्छ ।

साथै शिशिर ऋतुमा सरकारी कमाइ कम हुनुको अर्को महत्वपूर्ण कारण भनेको नेपालतर्पmबाट विश्वको अग्लो हिमाल सगरमाथा हिमाल आरोहण गर्ने एकै व्यक्तिले ११ हजार अमेरकी डलर सलामीबापत मात्रै तिर्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि हुन सक्छ, वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि धेरै विदेशी पर्वतारोहीहरू आउने हुनाले नेपाल सरकारको आम्दानी पनि धेरै हुनेगरेका देखिन्छ । हुनत शिशिर ऋतुमा सगरमाथा हिमालमा चिसो धेरै हुने हुनाले पनि सो समयमा पर्वतारोही कम आउने गरेको हो । अर्को भनेको नेपालका आठ हजार मिटरभन्दा माथिका अन्य हिमाल आरोहणका लागि एक व्यक्तिले २५ सय अमेरिकी डलर तिरे पुग्छ । त्यस्तै आठ हजार मिटरभन्दा कम र सात हजार मिटरसम्मको हिमाल चढ्ने पर्वतारोहीले प्रतिव्यक्ति दुई हजार अमेरिकी डलर सलामी दस्तुर तिरे पुग्छ । त्यस्तै छ हजार मिटरदेखि सात हजार मिटरसम्म उचाइको हिमाल (आमा डाब्लाम हिमालबाहेक) चढ्नका एक जना पर्वतारोहीलाई एक हजार अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरेको छ, सरकारले । जे भए पनि यो वर्षको शरद ऋतुमा समग्रमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले नेपाल सरकारलाई सलामी दस्तुरबापत सात करोड १० लाख ३१ हजार नेपाली रूपैयाँबराबार बुझाए । जब कि गएको वसन्त ऋतुमा विदेशी तथा स्वदेशी पर्वतारोहीहरूले नेपालको विभिन्न हिमाल चढ्नका लागि अनुमति लिएबापत नेपाल सरकारलाई ४६ करोड ७५ लाख सात हजारभन्दा बढी सलामी दस्तुरबापत तिरेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्