Techie IT
बिहीबार, कात्तिक १३,२०७७

बन्दाबन्दीमा तरकारीको व्यवस्थापन गर्दा कृषकको सारथी बन्यो सहकारी


कोभिड १९ को प्रभावबाट हाम्रो मुलुक पनि अछुतो रहन सकेन । फलस्वरूप महामारीकै बीचमा आम मानिसलाई आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गर्नेतर्फ सरकार लागेको देखिन्छ । सोही क्रममा सरकारले अति आवश्यक वस्तु अर्थात् खाद्यान्न, दलहन, तरकारी, औषधिलगायतका वस्तुहरूको जोहो गर्ने क्रममा यिनीहरूलाई आयातमा सहजीकरण ग-यो ।

सरकारले सहजीकरण गरेसँगै बन्दाबन्दीको समयमा (चैत ११ देखि सुरु भएको बन्दाबन्दी साउन ६ गतेसम्म) अर्थात् एक सय ७७ दिनको अवधिमा व्यवसायीहरूले तरकारीका साथै खाद्यान्न, दलहन, औषधिलगायतका वस्तुहरू निर्बाधरूपमा आयात गरेको पाइन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार व्यवसायीहरूले एक सय ७७ दिनको अवधिमा दुई लाख ४२ हजार नौ सय मेट्रिक टन तरकारी आयात गरेका थिए भने नौ लाख सात हजार पाँच सय मेट्रिक टन खाद्यान्न, एक लाख ५५ हजार दुई सय मेट्रिक टन दलहन, ८२ हजार एक सय मेट्रिक टन फलफूल, १३ हजार मेट्रिक टन दुग्धजन्य पदार्थ आयात गरेका थिए ।

यसरी खाद्यान्न, दलहन, औषद्याीको साथै तरकारी आयातलाई सरकारले प्राथमिकता हुँदा स्वदेशी तरकारीको उपभोगको विषयमा भने सरकार मौन बस्यो जसको परिणामा स्वरूप किसानहरू समस्यामा परे । यसरी सरकारले आयातलाई प्रोत्साहन गर्दा स्वदेशी तरकारी तथा कृषि उपजलाई ध्यान नहुँदा किसानहरू समस्यामा पर्ने भन्दै सहकारीहरू अझै तीव्रताका साथ स्वदेशी तरकारीको व्यवस्थापनमा लागेको पाइन्छ ।

कोरोना कहर र बन्दबन्दीको बीचमै स्वदेशी तरकारी व्यवस्थापन तथा खपत गराउने उद्देश्यका साथ मुख्यरूपमा राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन), नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा जिल्ला तथा स्थानीय तहमा रहेका सहकारी संस्थाहरू लागेको पाइन्छ ।

बन्दाबन्दी तथा असहज अवस्थामा सहकारीले कृषकले उत्पादन गरेको विशेषगरी तरकारीको बजार व्यवस्थापन गर्नुको साथै भान्सामा समेत पु¥याउने काम गरेको पाइन्छ । उक्त असहज परिस्थितिमा महासंघ, संघ र स्वयम सहकारी संस्थाहरूले किसानबाट तरकारी खरिद गर्दै विभिन्न सहरहरूमा तरकारी बेच्ने काम गरेको थियो ।

महासंघले विशेष गरी सहकारीको प्रयासमा उपत्यकाको काठमाडौँ, भक्तपुर, ललितपुर तथा उपत्यका नजिकका जिल्लाहरूमा गई किसानका खेतबारीमा भएका तरकारीहरू खरिद गरी बजारमा ल्याई बिक्री गरेको पाइन्छ । महामारीले गर्दा किसानहरू अप्ठयोरमा परेसँगै सहकारी संस्थाहरूले उनीहरूले उत्पादन गरेको तरकारीको उचित व्यवास्थापन गरेको थियो अर्थात् खरिदबिक्री गर्ने काम गरेको थियो ।

यसरी सहकारीले काठमाडौँ र यस नजिकका क्षेत्रमा मात्र नभई पोखरा, विराटनगर, विरगञ्जलगायतका ठूला सहरहरूमा किसानहरूसँग तरकारी खरिद गरी बिक्री गरेको थियो । जसले गर्दा एकतर्फ किसानको समस्या समाधान गर्न सहकारी सफल भयो भने अर्कोतर्फ तरकारीको मूल्यवृद्धि रोक्न सहयोग गर्दै प्रत्यक्ष अप्रत्यक्षरूपमा उपभोक्तालाई समेत फाइदा पु-याएको पाइन्छ । तरकारीको मूल्यवृद्धि नियन्त्रण हुँदा उपभोक्ताले समेत उचित मूल्यमा तरकारी उपभोग गर्न पाउनुको साथै बन्दाबन्दीमा यसको अभाव खेप्नु परेन ।

बन्दाबन्दीमा सबैजसो आर्थिक तथा सामाजिक गतिविधि बन्द हुँदा स्थानीय आपूर्ति प्रक्रिया समेत प्रभावित बन्न पुगेको थियो । यसरी स्थानीय आपूर्ति प्रक्रिया समेत प्रभावित बन्दा तरकारी एक स्थानबाट अर्को स्थानमा लैजान समस्या भएको थियो तर महासंघ, सहकारी विभाग र मन्त्रालयले समेतको सहयोगमा तरकारीको आपूर्ति प्रक्रिया सहज बन्दा किसान र उपभोक्ता दुवैलाई फाइदा हुनु पुगेको थियो ।

आपूर्तिकै क्रममा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, बनेपालगायतका क्षेत्रमा फलेका तरकारीहरूले उपत्यकाको विभिन्न क्षेत्रमा बजार पाएको थियो । यसरी आपूर्ति गर्ने क्रममा सहकारीले कृषि तथा खाद्य एमबुलेन्स समेत सञ्चालन गरेको थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघले उपत्यकाको विभिन्न चोक–चोकमा घुम्ती तरकारी बजारमार्फत बिक्रीवितरण गरेको थियो जसले गर्दा घरमा थुनिएर बसेका नागरिहरूले आफ्नो दैलोमा तरकारी पाउन सकेका थिए । संघले पनि कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र आकासिँदो मूल्यलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न स्थानमा घुम्ती बजारको व्यवस्थापन गरेको थियो ।

यसरी बन्दाबन्दीमा समेत मुलुकका विभिन्न जिल्लाका सदस्य किसानहरूले उत्पादन गरेको कृषिजन्य सामग्री प्रयोगविहीन अवस्था नआहोस् भनी बजारसम्म पु-याउने व्यवस्था गरेको थियो । सोही क्रममा जिल्ला कृषि सहकारी संघ भक्तपुरले पारीको हैन बारीको खाऊँ भन्ने अभियान चलाई जिल्लामा भएको उत्पादन उपभोक्ताको घर घरमा पु-याएको थियो । यसका अलावा चोक–चोकमा पसल राखी सदस्य लगायत उपभोक्तालाई सेवा दिएको थियो ।

सोही क्रममा प्रदेश ५ मा सहकारीमार्फत ३४ वटा कृषि एम्बुलेन्स सञ्चालन गरी सहकारीको उत्पादन बजारमा पु-याइएको छ । प्रदेश ५ का १२ जिल्लामा सहकारीहरूले ३४ वटा कृषि एमबुलेन्स सञ्चालन गरी कृषि तथा दुग्ध उत्पादन बिक्रीवितरण गरेको थियो । यसरी कृषि एम्बुलेन्स सञ्चालन गर्नेमा रूपन्देहीको जनउत्थान बचत था ख्ण सहकारी संस्था, कृषि ज्ञान केन्द्र, दाङ, प्रदेश ५ मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नै एम्बुलेन्स सञ्चालन गरेको थियो ।

शिवराज नगरपालिका, कपिलवस्तु, नौबाहिनी गाउँपालिका, प्युठान रहेको थियो । यसरी ज्यादै न्यून नाफा राखेर सहकारी संस्थाहरूले कृषकले उत्पादन गरेको तरकारीहरू खरिद गर्दै उपभोक्तासम्म पु-याई किसान र उपभोक्ताहरूलाई सहजीकरण गरेका थिए । बन्दाबन्दीमा उनीहरूले गोलेभेडा, बोडी, सिमी , घिरौला, बन्द, काउली, मुला, गाँजरका साथै फलफूूल र खाद्यान्नलगायतका सामग्रीहरू कृषकबाट खरिद गरी खरिद र बिक्री मूल्यमा एक/दुई रूपैयाँ अन्तर राखी उपभोक्तालाई बिक्री गरेका थिए ।

यसरी उत्पादित सामग्री बजारमा ल्याउन एम्बुलेन्स कृषक खोज्दै गाउँ–गाउँ पुगेको थियो । यसको मुख्य उद्देश्य बनेको बन्दाबन्दीमा गाउँमा उत्पादित कृषि उपज नबिग्रियोस् तथा किसानले आर्थिक क्षति व्यहोर्न नपरोस् भन्ने रहेको थियो । यसरी बजारसम्म तरकारीलगायतका कृषि उपज ल्याउनुको साथै कृषि एम्बुलेन्सले किसानलाई आवश्यक पर्ने रासायनिक मल, बीउबिजन, औजारलगायतका सामग्री समेत पु¥याउने गरेको थियो जसले गर्दा बन्दाबन्दीमा कृषकलाई आम्दानी र काम गर्ने दुवै अवसर सहकारीले प्रदान गरेको थियो ।

यसरी बन्दाबन्दीमा सहकारीले कृषिउपजको बजार व्यवस्थापन गर्दा प्रशासनबाट व्यहोर्नु पर्ने समस्याबाट समेत किसानहरू मुक्त हुनुको साथै, बजार खोज्नुपर्ने, ढुवानी गर्नुपर्नेलगायतका समस्याबाट मुक्त भएका थिए जसले गर्दा एक सय ७७ दिनको बन्दाबन्दीमा सहकारी संस्थाहरू कृषकका सारथी बन्न सफल भएका छन् ।

सामान्य अवस्थामा सहकारीले ग्रामीण क्षेत्रमा भइरहेको कृषिजन्य उत्पादनलाई खेर जान नदिनको लागि त्यसको उत्पादनपरोन्त क्रियाकलापदेखि लिएर प्रशोधनको क्रियाकलापमा समेत भूमिका निर्वाह गर्दै आएको पाइन्छ जसको परिणमास्वरूप बन्दाबन्दीमा तरकारी अर्थात् कृषि उपजको व्यवस्थापन भनेको एउटा उदाहरणीय काम हो भन्न सक्छौँ । यसका साथै सहकारीले किसानलाई आवश्यक पर्ने मल, बीउ र विभिन्न क्षमता अभिवृद्धिको तालिम समेत दिँदै आएको पाइन्छ ।

यति हुँदाहुँदै पनि सहकारीले मुलुकका ७७ जिल्ला तथा सात सय ५३ स्थानीय तहमध्ये केही सीमित क्षेत्रमा बाहेक सम्पूर्ण किसानहरूको तरकारी, खाद्यान्न, दलहन, दुधलगायतका सामग्री बिक्रीवितरण गरी कृषि उपजको व्यवस्थापन गर्न सफल भएको थियो ।

यसरी हिजोको दिनमा किसानको उत्पादनले बजार नपाउने समस्यमा सहकारीको भूमिका उल्लेखनीय रहेको थियो जुन बन्दाबन्दीमा देखापरेको थियो भने त्यसलाई सहकारीले समाधान समेत गरेको पाइयो । विगतका कुरा गर्दा किसानको हितमा कृषि सहकारी र साना किसान कार्यक्रमकै कारण किसानहरूको उत्पादनलाई बजारको पहुँचसम्म पु-याउने कार्य गरेको थियो । यसको साथै सदैव आवश्यक पर्ने कुरा भनेको उत्पादनले लागत र श्रमको मूल्य उठाएर फाइदा कमाउनका लागि प्रशोधन र भण्डारणको उचित व्यवस्था हुन आवश्यक छ यसको व्यवस्थापन गर्न सहकारीको सहयोग नितान्त आवश्यक रहेको देखिन्छ ।

बन्दाबन्दीमा सहकारीले तरकारीको व्यवस्थापन मात्र नभएर कृषि, दुग्घ, फलफूल, चिया, कफ, जडीबुटीलगायतको समेत व्यवस्थापन गर्नुको साथै राहत तथा निःशुल्क भोजन समेत वितरण गरेको थियो । बन्दाबन्दीको समयमा समस्यमा परेका दैनिक ज्यालादारी, मजदुरी गर्ने, विद्यार्थी, अशक्त, बालबालिका, वृद्धवृद्धालाई तथा तिनीहरूका संघसस्थालाई समेत खाद्यान्न, स्वास्थ्य सामग्री तथा नगद प्रदान गरी राहत वितरण गरेको थियो ।

जस्तो ललितपुरमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारीले बन्दाबन्दीमा परेकाहरूलाई संस्थाको परिसरमा दैनिक चार सयभन्दा बढी मानिसहरूलाई खाना खुवाउने काम गरेको थियो भने भक्तपुरमा रहेको शिखरदीप बहुउद्देश्यीय सहकारीले कीर्तिपुर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा रहेका नौ सय जना विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरेको थियो । सहकारी विभागका अनुसार मुलुकभर करिब ३५ हजार सहकारी संस्थाहरू रहेको छन् भने सहककारी ऐन, २०७४ अनुरूप सहकारी सञ्चालन हुँदै आएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्